» » भोजपुरीयाले सभामुखले लिनुभयो हिन्दीमा शपथ

काठमाडौ फागुन २ गते । दुई नम्बर प्रदेशमा भाषाको विवाद चलिरहेको बेला आज सभामुखमा नियुक्त भएका राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य सरोजकुमार यादवले पनि हिन्दी भाषामा शपथ ग्रहण गर्नुभएको हो ।

उहाँ बारा जिल्लाका हुनुहुन्छ । जबकी उहाँको मातृ भाषा भोजपुरी छ ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपाली भाषामा शपथ गराउँदा यादवले त्यसलाई हिन्दी भाषामा उल्था गरेर शपथ ग्रहण गर्नुभएको थियो ।


यादवलाई सभामुख पदमा नियुक्त गर्न एकमात्र प्रस्ताव संसदमा दर्ता भएको थियो। उहाँ निर्विरोध सभामुख बन्नुभएको हो ।  संसदको पहिलो बैठककको अध्यक्षता ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्नुभएको थियो ।

यादवलाई सभामुखमा नियुक्त गरियोस् भन्ने प्रस्ताव राजपाका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले संसदमा पेश गर्नुभएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..