» » पूर्व न्यायधिश लालले भन्नुभयो, दिपेन्द्र झाको नियुक्ति सवैधानिक व्यवस्था अनुसार भएको हो

काठमाडौ फागुन ७ गते । सर्वोच्च अदालतका पूर्व न्यायधिश गिरिश चन्द्रलालले प्रदेश २ को प्रमुख न्यायधिवक्तामा दिपेन्द्र झाको नियुक्ति सवैधानिक व्यवस्था अनुसार नै भएको बताउनु भएको छ ।

अधिवक्त झा प्रमुख न्याधिवक्तामा नियुक्ति भएपछि केही व्यक्तिले उहाँको विरोध गरिरहेको बेला पूर्व न्यायधिश लाले फेसबुकमार्फत सो कुरा स्पष्ट पार्नुभएको हो ।

झाको नियुक्त सविधानको धारा १४० (२) अनुसार भएको उल्लेख गर्दै उहाँले न्यायधिवक्तामा नियुक्त हुनका लागि अधिवक्ताको प्रमाणपत्र महत्वपूर्ण नरहेको पनि बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, हामीले देखेका छौ झाले विगत १० वर्षदेखि कानुनको क्षेत्रमा विभिन्न अनुसन्धान गर्नुभएको छ ।

धेरैलाई यो कुरा थाह छ कि अधिवक्ता झाले नेपाली जनता खासगरि विभेदमा परेकाहरुको लागि कानुनी लडाई लडेको पूर्व न्यायधिश लालको धारणा रहेको छ ।

दिपेन्द्र झाले राम्रो काम गर्नुहुनेछ भनि विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..