काठमाडौँ, फागुन १ गते । अन्ततः नरमाया ढकालको नाम राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूचीमा बठाउन बाध्य भएको छ ।
राजेन्द्र महतोको कोटामा पर्नुभएको नरमाया ढकाल स्याङ्जाका हुनुहुन्छ । पार्टीमा समेत कसैले उहाँलाई नचिनेको अवस्थामा महतोले कसरी उम्मेदवार बनाउनु भएको कुरा त्यती बेलादेखि नै उठ्दै आएको थियो ।
हिजो सूची तयार गर्दा पनि महतोको ब्यापक विरोध भएको थियो । यहाँसम्म कि ढकालसँग मोटो रकम लिएको आरोप पनि उहाँमाथी लागेको थियो । अन्त्यमा ढकालको नाम हटाएर खसको तेस्रो मार्यादाक्रममा रहनु भएका रेणु शर्माको नाम पठाइएको थियो ।
शर्मा नेपाल सद्भावना पार्टीको पुरानो कार्यकर्ता हुनुहुन्छ । उहाँ सिरहा मिर्चैयाका हुनुहुन्छ । तर राजपा नेपालमा चतुर खेलाडी मानिनु भएका महतोले ढकालको नाम हटाएर पठाउन तयार हुनुभयो । यहाँसम्म कि ढकालको राजिनामा पनि आयोगमा पठाउनु भएको थियो तर आयोगले उहाँलाई स्वीकार गरेन । यो कुरा महतोलाई पनि राम्रोसँग थाह थियो कि ढकालबिनाको सूची आयोगले स्वीकार गर्दैनन् ।
राजपा नेपालका एक नेताले भन्नुभयो, प्रदेश सभामा पनि महतोले यस्तै गर्नुभएको थियो । उम्मेदवार राख्ने बेलामा रकम लिएर प्राथमिकतामा राख्ने अनि पछि विवाद भएपछि हटाउन खोज्ने । निर्देशिका अनुसार हटाउन मिल्दैन भने कुरा निश्चित हुन्छ । विभा ठाकुरको केसमा पनि त्यही भएको थियो ।
महतोले अञ्जु कुमारी यादवसँग पहिलादेखि कुरा मिलाएर उहाँको नाम प्राथमिकतामा राख्नुभएको थियो । पछि पार्टीमा विवाद भयो अनि उहाँले विभा ठाकुरको नाम सूचीमा पठाउनु भयो तर क्रमसँख्या मिचेर विभा ठाकुरको नाम आएको कारण आयोगले स्वीकार गरेनन् अनि फेरि महतोले चाहेकै व्यक्ति अञ्जु यादवको नाम पठाएको थियो ।
अहिले ठिक त्यही घटना नरमाया र रेणु शर्माको केसमा दोहरिएको छ ।
राजेन्द्र महतोले पार्टीमा जति अडान नरमाया ढकाल र अञ्जु यादवका लागि लिनुभयो त्यति अडान मुस्लिम उम्मेदवार चुनी खातुनको लागी लिनुभएन ।
उहाँले पार्टीमा चुनी खातुनको योगदानलाई चर्चा गर्नुभएन, बरु नरमाया र अञ्जुको योगदानको झुठो प्रशंसा गर्नुभयो । चुनी खातुनको विरोध हुँदा उहाँको बचाउ पनि गर्नुभएन किनभने चुनी खातुनबाट महतोलाई तत्काल केही फाइदा हुने देखिएका थिएन भनि पार्टीमा टिप्पणी भइरहेको छ ।
राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम आयोगमा पठाएको थियो ।
आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।

No comments: