» » बसमाथी बम प्रहार, १२ यात्रु घाइते



मनिष गुप्ता,
कपिलवस्तु फागुन ८ गते । अज्ञात समूह द्वारा कपिलवस्तुमा बसमाथी बम प्रहार भएको छ ।

काठमाण्डौबाट दाङ जादै गरेको बसमाथी कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको हो ।

कपिवलस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ सुपादेउराली चोकमा बसमाथि अज्ञात समूहद्धारा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवार १२ जना यात्रु घाइते भएका छन् ।

काठमाण्डौबाट दाङका लागि छुटेको ना ५ ख ७९१० नम्बरको बसमा घाइतेहरुलाई संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..