» » राजपा नेपालमाथी सर्वोच्च अदालतमा रीट

काठमाडौ माघ २५ गते । राजपा नेपाल र निर्वाचन आयोगले प्रदेश समानुपातिकमा कलष्टर मिचेको आरोप लगाउँदै राष्ट्रिय जनता पार्टी नेपालका नेता रामप्रवेश वैठाले सर्वोच्च अदालतमा रीट दायर गरेको छ ।

राजपा नेपालको तर्फबाट प्रदेश सभा सदस्यमा चयन भएका सबै मधेशी कलस्टर भएका हुन् । जब कि निर्वाचन आयोगको नियमावली अनुसार मधेशी, थारु, मुस्लिम, खस, आदिवासी जनजातिको कलस्टर तथा क्रमसँख्या अनुसार सदस्य चयन हुनुपर्ने हो तर राजपा नेपालले त्यस्तो नगरि दलितलगायत अन्य समुदायमाथी विभेद गरेको आरोप लगाएको छ ।

बैठकको नाम दलित कलस्टर भनेर पठाए पनि निर्वाचन आयोगले उहाँलाई स्वीकार गरेको थिएन किनभने राजपा नेपालले आयोगमा नामावली पठाउँदा सबैलाई मधेशी कलस्टरमा राखेको पठाइएको थियो ।


रीटमा राजपा नेपाल, निर्वाचन आयोग, प्रदेश प्रमुख (दुई नम्बर), प्रदेशसभाको सचिवालय प्रदेश नम्बर दुई धनुषा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभा सदस्य नेत्र विक्रम साहलाई विपक्षि बनाइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..