» » रिजवान अन्सारी अध्यक्ष रहेको पार्टीले गर्यो मधेश सरकारलाई समर्थन (विज्ञप्ति सहित)


काठमाडौ माघ २७ गते । मोहम्मद रिजवान अन्सारी अध्यक्ष रहनु भएको नेपाल संघीय समाजवादी पार्टीले दुई नम्बर प्रदेशमा गठन हुने सरकारलाई निःशर्त समर्थन गर्ने निर्णय गरेको छ ।




पार्टीका अध्यक्ष अन्सारी आज एक विज्ञप्ति जारी गरी नेपालको एतिहासिक राजनीतिक परिवर्तनपछि नेपालको सविधान २०७२ को प्रावधान बमोजिम मधेश आन्दोलन र मधेशी जनताको भावना अनुरुप प्रदेश दुई मा पहिलो र दोस्रो दलका बनेका राजनीतिक दलहरुको नेतृत्वमा गठन हुने प्रदेश सरकारलाई मधेशी जनताको भावनाको सम्मान गर्दै पार्टीले निःशर्त समर्थन गर्ने जनाएको छ ।



प्रदेश दुईमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले सरकार गठन गर्ने निर्णय गरेको छ । प्रदेश दुईमा फोरम नेपाल पहिलो र राजपा नेपाल दोस्रो ठूलो दल बनेको छ ।

यी दुई दलले आज मन्त्रालय पनि बाँडफाँड गरेको छ ।  


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..