![]() |
-चुनी खातुन |
थाह पाउन सकिएन किन यस्तो भयो, म किन छनोटमा पर्न सकिन ? बिगत १५ वर्षदेखि निरन्तर पार्टीको काममा लागि रहे, सानादेखि ठूला कुनै पनि बैठक मिस गरिन, संगठनले अराहेको हरेक कार्यहरू पूरा गरे, झापाको मेची बहुमुखी क्याम्पसदेखि कैलाली बहुमुखी क्याम्पस इकाई समिति सम्म गठन गर्न पुगे, पार्टी संगठन रहेको मधेसको २० जिल्ला मात्र होइन पहाडका क्याम्पसहरुमा समेत संगठन निर्माण गर्न पुगे, समकालीन कुनै पुरुष सहकर्मी भन्दा पनि धेरै ठाउहरुमा संगठन निर्माणको शिलशिलामा पुगे ।
हरेक आन्दोलनमा सहभागी भए, पटकपटक घाइते भए । उम्मेदवार हुने लायकको योग्यता यस्तै त होला नि, पार्टीले समावेशी समानुपातिक उम्मेदवार बनायो, समाबेशी समूहको मुख्य क्लस्टरबाट भएकोले हौसला बुलन्द थियो, प्रदेश र राष्ट्रिय सभामा मुस्लिम सहभागिता नगराइएको र प्रदेश न १ बाट एक्लो प्रतिस्प्रधी भएकोले चौतर्फी नैतिक दबाब थियो तसर्थ ढुक्क थिए ।
चुनावमा मात्रै सुनसरीदेखि धनुषासम्म १०० भन्दा बढी कोण एव आमसभाहरु भ्याए, भ्याएसम्म प्रचारप्रसार र मतदाताको घरघर गइ ढोका ढकढकाए ।
मधेसी मुस्लिम परिवारको महिला भएर संगठनको यो कार्यमा निरन्तरता दिनु सानो तिनो आत्मविश्वासले सम्भव थिएन । धेरै ब्याक्तीगत र परिवारिक आकांक्षाहरुको गाला रेटे, झुठा लान्छना सहे, पार्टी समाजकै लागि बाचे । मेरो कार्य हेरेर काग्रेस एमाले माओवादी पार्टीका शीर्ष नेताहरूले ठूला ठूला अवसर दिने प्रलोभन नदिएका होइनन तर मेरो निष्ठा डगमग भएन ।
डब्बल मास्टर्स भएकाले जागीरे हुने बाटो पनि मसँग थियो तर राजनितीमै समर्पण भइ देशको सेवा गर्ने, मधेसी मुस्लिम सीमान्तकृतहरुलार्इ मुलधारमा ल्याउने भुत म माथी सवार थियो ।
आफ्नो युवा उर्जा सम्पुर्ण राजनीतिमा लगाए तर इक्छाएको राजनीतिक प्रतिस्पर्धामा अटाउन सकिन । यस अवसरको विधाता आदरणीय ६ सदस्यीय अध्यक्ष मण्डल ज्युहरुले मेरो अहितमा निर्णय गरे पनि पार्टी, समाज र राष्ट्रको हितमा होस् भन्ने अपेक्षा सहित मेरा लागि पहल गर्ने कामना गर्ने सुनसरी सहित १ न प्रदेशका पार्टी पंक्ति, राष्ट्रिय मुस्लिम संघर्ष समिति, आदरणीय मेरा नेता पि.सि.एम. राजेन्द्र महतो लगायत सबैमा धन्यवाद व्यक्त गर्दछु ।
समाजिक संजाल लगायत प्रार्थना दुवामा मेरालागि कामना गर्ने सबैलाई हिर्दय देखि नै धन्यवाद बयक्त गर्दछु । माननीय हुने सबैमा हार्दिक बधाई तथा शुभकामना । आस्थावादी भएकोले जे हुन्छ अझ राम्रो हुनका लागि हुन्छ भन्ने आत्मबिश्वासका साथ मैले अझै पनि हौसला तोडको छैन । तोडने छैन ।
No comments: