» » के राजपा नेपालले गर्न सक्ला दलित महिलालाई कारवाही ?

दुलारी खँगलाई राजपा नेपाल सप्तरीले कारवाहीका लागी गरेको सिफारिशपत्र
काठमाडौं माघ २७ गते । राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभाका समानुपातिक तर्फका एक दलित उम्मेदवारमाथि कारवाही प्रक्रिया शुरु गरेको छ ।

राजपामाथि प्रदेशसभाको समानुपातिकमा दलित, मुसलमान, अल्पसँख्यक, थारु, आदिवासी–जनजातिलाई समावेश नगराएको आरोप लागिरहेका बेला राजपाले एक महिला दलित उम्मेदवारमाथि कारवाही प्रकृया अगाडि बढाएको पत्र प्राप्त भएका छ । ।

प्रतिनिधिसभा समानुपातिक सदस्यको छनौट भइरहेको बेला राजपा नेपालले ती दलित महिलालार्इ कारवाही गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभा चुनावमा राजपा नेपालका बागी उम्मेदवार जेपी ठाकुरलाई सघाएको आरोपमा प्रतिनिधिसभा समानुपातिक दलित कलस्टरका उम्मेदवार दुलारी खँगलाई कारवाही गर्ने भएको छ । दुलारी र उनका श्रीमान महेन्द्र खँगले जेपी ठाकुरलाई सघाएका आरोप छ ।

सप्तरी क्षेत्र नम्बर २ मा राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका साझा उम्मेदवार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हुनुहुन्थ्यो । तर, राजपा नेपालका नेता ठाकुरले यादवको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिनु भएका थियो ।

पार्टीको निर्णय विपरित ठाकुरले उम्मेदवारी दिएको भन्दै उहाँलाई चुनाव सम्पन्न भएको केही दिनपछि कारवाहीको सिफारिश पत्र केन्द्रमा पठाएको थियो ।

पार्टीले कारवाही गरिसकेको व्यक्तिलाई पार्टीकै उम्मेदवारले सघाएको भन्दै सप्तरी जिल्ला कार्य समितिले दुलारीलाई कारवाही गर्नका लागी केन्द्रमा पत्र पठाएको छ ।

पुस ४ गते राजपा नेपालका केन्द्रीय संयोजक महन्थ ठाकुरलाई सम्बोधन गरि लेखिएको पत्रमा दुलारी देवीले गाउँपालिकाको चुनावदेखि प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा पार्टीको हितविपरित काम गरेका हुनाले उनलाई समानुपातिक सदस्यको उम्मेदवारी खारेज गर्नुको साथै पार्टीको कुनै पनि पदमा नरहने गरी कारवाही गर्न माग गरेको छ ।

दुलारी खँगका श्रीमान महेन्द्र खँगले दुलारीलाई कारवाही नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जेपी ठाकुरसँग मेरो व्यक्तिगत सम्बन्ध राम्रो थियो र अहिले पनि छ । सम्बन्ध राम्रो हुँदैमा चुनावमा सघायो भन्नु गलत कुरा हो । हामी पार्टीप्रति प्रतिवद्ध थियौं र अहिले पनि छौ । यदि कोही व्यक्तिगत पूर्वाग्रहीका कारण कारवाही गर्यो भन्ने मलाई त्यसमा केही भन्नुछैन । तर मलाई जाहाँसम्म थाह छ कारवाही गरेको छैन ।’ 


उहाँले आफू र आफ्नो श्रीमती दुलारीले जेपी ठाकुरलाई चुनावमा सघाएको प्रमाण पेश गर्न माग गर्नुभयो । त्यतिकै जातीवाद र पैसावादको दम्भमा कसैमाथी आरोप लगाएर कारवाही गर्न नपाईने उहाँको कथन थियो । 

राजपा नेपाल सप्तरीका संयोजक सुनिल कुमार झाले चुनावको समयमा भएको गतिविधिको बारेमा जानकारी गराउँदै कारवाहीको सिफारिस सहितको एउटा पत्र पठाएको बताउनुभयो ।

उहाँले भने, ‘म वा पार्टीपंक्ति कसैप्रति कुनै पूर्वाग्रही छैन । चुनावको समयमा पार्टी हित विपरित जे गतिविधि भएको थियो त्यसको जानकारी केन्द्रमा गराएको मात्र हो । कारवाही गर्ने नगर्ने कुरा अब केन्द्रीय समितिमा भर पर्छ, त्यसमा अब आफूहरुलाई कुनै चासो छैन ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..