» » रामप्रवेश बैठाको रिटमा अदालतले दियो कारण देखाउ आदेश

काठमाडौँ, माघ २६ गते । सर्वोच्च अदालतले राष्ट्रिय जनता पार्टी नेपालका लागी प्रदेश सभा समानुपातिक सदस्य सूची समावेशी किन नगरेको भन्दै निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी गरेको छ ।

राजपा नेपालका नेता रामप्रवेश बैठाले पार्टी र निर्वाचन आयोगले आफूमाथी अन्याय गरेको भन्दै न्यायका लागी सर्वोच्च अदालतमा विहिवार रिट दायर गर्नुभएको थियो । रिटमाथि शुक्रवार बहस भएको थियो ।

बहसपछि न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले तोकिएको कोटामा अन्य समूदायको प्रतिनिधित्वबारे कारण देखाउ आदेश जारी गरेको छ ।

राजपा नेपालका तर्फबाट दलित समुदायबाट बैठाको नाम दलित कलस्टरको पहिलो सूचीमा थियो । तर राजपा नेपालले कलस्टर नछुट्याई सूची बुझाएको थियो । सूचीमा रहेका सबैलाई मधेशी कलस्टरमा नै राखिएको थियो ।

तर पार्टीले नाम पठाउँदा समावेशी समानुपातिक अनुसार पठाएको थियो तर आयोगले त्यसलाई स्वीकार गरेको थिएन । आयोगले कलस्टर अनुसार सूची नभएकाले क्रमसँख्या अनुसार पठाउन आग्रह गरेको थियो । पार्टीले क्रमसँख्या अनुसार पठाउँदा बैठालगायत लैला खातुनको नाम पनि हटेको थियो ।

निर्वाचन आयोग र राजपा नेपालले पैसाको चलखेल गरेर सूचीबाट आफ्नो नाम हटाएको बैठाले आरोप लगाउनुभयो । सविधान भन्दा कोही माथी छैन, सविधानले नै समावेशी समानुपातिको व्यवस्था गरेका हुनाले अदालतले आफूलाई न्याय दिने विश्वास रहेको उहाँले बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..