» » डिएफआइडीबाट राकेश मिश्रले किन दिनुभयो राजिनामा ?


काठमाडौँ माघ २५ गते । नेपालमा विखण्डनवादी अभियानलाई प्रश्रय दिएको आरोप खेपेको ब्रिटिस दातृ निकाय ‘डिएफआइडी’ को निर्देशनमा त्यहाँ सिनियर गभर्नेन्स एड्भाइजरका रुपमा कार्यरत राकेश मिश्राले राजीनामा दिनु भएको छ ।

व्यक्तिगत कारणले राजीनामा दिएको दाबी गरेपनि डिसेम्बर दोस्रो साता अर्थ सचिव शंकरप्रसाद अधिकारीले डिएफआइडी नेपाल प्रमुख रुरिक मार्सदेनलाई बोलाई मिश्राले मुलुक विखण्डनका पक्षमा गतिविधि गरेको भन्दै आपत्ति जनाउनु भएको स्रोतले जनाएको छ ।

सचिव अधिकारीले महिनाभित्र उनलाई कारबाही गरी सरकारलाई जानकारी गराउन मार्सदेनलाई आग्रह गर्नुभएको थियो । सो आग्रह अनुसार मिश्रामाथि दवाव परेको कारण उहाँले राजिनामा दिनुभएको स्रोतको दावी छ ।

देशसञ्चारमा उल्लेख समाचार अनुसार पहिले राष्ट्रसंघ आवासीय कार्यालय अन्तर्गत विराटनगरस्थित फिल्ड अफिसमा कार्यरत छँदा मिश्राले सामाजिक सञ्जालमार्फत खुलेरै स्वतन्त्र मधेशका पक्षमा अभिव्यक्ति दिनुका साथै काठमाडौँमा राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय नियोगका केही प्रतिनिधिहरुसँग त्यसको पक्षमा लबिङ गर्नु भएको दावी गरिएको छ ।

फिल्ड अफिसका गतिविधिहरुबारे समेत नेपाल सरकारले विरोध जनाएपछि राष्ट्रसंघ आवासीय कार्यालयले ती अफिस बन्द गरेको थियो।

त्यसको केही समयपछि डिएफआइडीमा सिनियर गभर्नेन्स पदमा नियुक्ति पाएका मिश्राले नोभेम्बरको अन्त्यमा मधेसी नेताहरु महन्थ, राजेन्द्र महतो र उपेन्द्र यादवले निर्वाचनमा भाग लिने निर्णय गरेपछि उनीहरुमाथि गम्भीर व्यक्तिगत आक्षेप लगाउँदै चुनाव बहिष्कारको वकालत गर्नुभएको थियो । 

त्यसको भोलिपल्टै डिएफआइडीले त्यो मिश्राको निजी विचार भएको र त्यसले संस्थाको मान्यतालाई प्रतिनिधित्व नगर्ने स्पष्टीकरण दिए पनि नेपाल सरकारले त्यसलाई गम्भीरतासाथ लिँदै डिएफआइडी प्रमुखलाई चेतावनी दिएको थियो।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..