» » राजपा नेपालले गर्न नसकेको काम गर्यो फोरम नेपालले

काठमाडौ फागुन ६ गते । अधिवक्त दीपेन्द्र झा दुई नम्बर प्रदेशका लागि प्रमुख न्याधिवक्तामा नियुक्त हुनुभएको छ ।

संघीय समाजवादी फोरम नेपालको सिफारिशमा अधिवक्ता झा प्रमुख न्यायधिवक्तामा नियुक्त हुनुभएको हो । राष्ट्रिय जनता पार्टी नेपालले गर्न नसकेको काम फोरम नेपालले गरेको चर्चा रहेको छ ।

राजपा नेपालले अधिवक्ता झालाई प्रतिनिधिसभाको उम्मेदवार पनि बनाएको थियो तर उम्मेदवारको सूची निर्वाचन आयोगसम्म पठाउँदा उहाँको नाम हटाइएको थियो । त्यो कुराको निकै आलोचना भएको थियो ।

त्यसपछि उहाँलाई राष्ट्रिय सभाको सदस्यमा पठाउने भनि राजपा नेपालले प्राथमिकतामा नाम राख्यो । तर, सो दलले राष्ट्रिय सभामा पनि पठाउन सकेन ।

राजपा नेपालका लागि अघोषित कानुनी सल्लाहकारको रुपमा काम गर्दै आउनु भएको झालाई सो पार्टीले पटक पटक धोका दिँदै आएको छ ।

अधिवक्ता झा शुरुदेखि राजपा नेपालमा आवाद्ध दलहरुसँग काम गर्दै आउनु भएको थियो ।  त्यसको तुलनामा फोरम नेपालसँग त्यति निकता थिएन । जब राजपा नेपालले धोका दियो अनि फोरम नेपालसँग निकटता बढ्दै गएको हो ।

तराई मधेशको अधिकारसँग सम्बन्धित विभिन्न मुद्दामा बहस र पैरवी गर्दै आउनु भएका उहाँलाई अधिकारकर्मीको रुपमा पनि चिनिएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..