
नेपालको संविधानको धारा १६८ को २ बमोजिम संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले फोरम संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा गठन गरेको संयुक्त सरकारले आज बहुमत सिद्ध गर्नुभएको छ ।
प्रदेश २ को कुल एक सय सात सांसदमध्ये सरकारको पक्षमा ८२ मत खसेको छ भने विपक्षमा १८ मत खसेको छ ।
सभामुख तटस्थ बस्नु भएको थियो भने छजना सदस्य अनुपस्थित रहनु भएको थियो ।
फोरम राजपा नेतृत्वको सरकारलाई एमाले, माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्य शेष मोहम्मद अब्दुलले समर्थन जनाएका छन् । सरकारको विपक्षमा काँग्रेसले मात्र मतदान गरेका छन ।
आजको प्रदेश सभा बैठकमा नेपाली काँग्रेसका ओम प्रकाश यादव, एमालेका अनिता कुमारी यादव, त्रिलोकी प्रसाद, माओवादीका कुन्दन प्रसाद कुसवाहा मो. समिम र राम कुमार यादव अनुपस्थित हुनुहुन्थ्यो ।
No comments: