» » रघुवीर महासेठले भन्नुभयो, बाहिर जे भाषा बोलेपनि संसदमा हिन्दी बोल्न हुँदैन्थ्यो

काठमाडौं, माघ २६ गते । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले संविधान संशोधन गरेर मधेशको समस्या समाधान गर्नको लागि एमाले तयार रहेकोले राष्ट्रिय जनता पार्टी नेपाल र र संघीय समाजवादी

फोरम नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । 
राजधानीमा आयोजित एका कार्यक्रममा बोल्नु हुँदै उहाँले मधेशको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै एमाले र माओवादी केन्द्रले त संविधान संशोधनको लागि सहकार्य गरौ र सरकारमा सामेल होऔं भनिरहेको बताउनुभयो ।

राजपा र फोरमलाई सरकारमा ल्याउनको लागि आफूहरु पहल गरिरहेको बताउँदै नेता महासेठले फोरम र राजपा मधेश केन्द्रित दल भएपनि यही देशकै पार्टी भएकोले सरकारमा सहकार्य गर्न चाहेको सुनाउनुभयो ।

महासेठले भन्नुभयो, ‘राजपा र फोरमले समस्या साँच्चिकै समाधान गर्न चाहेको हो भने हामीसँग सम्पर्क गर्नुपर्यो नि, हामी संविधान संशोधन गर्छौं, तर उहाँहरुले भनेजस्तो जस्ताको त्यस्तै चाहीँ गर्दैनौं, देश र जनताको हितमा संशोधन गर्छौं ।’

उहाँले संविधान संशोधनको मुद्दा सम्बोधन भएपछि मधेशवादी दलहरुसँग कुनै मुद्दा नै नहुने पनि बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘संविधान संशोधनको मुद्दा हल भयो भने अब मधेशवादी दलहरुसँग कुनै मुद्दा नै हुँदैन् ।’ प्रदेश सभाका सांसदहरुले हिन्दीमा बोलेकोले जनता आन्दोलित भएको उल्लेख गर्दै उहाँले बाहिर जे जे भाषा बोलेपनि हुने तर संसदमा बोल्न हिन्दी बोल्न नहुने धारणा राख्नुभयो ।

महासेठले अब एमालेको नेतृत्वमा वा माआवादीको नेतृत्वमा भन्दापनि एकीकृत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउँदै भन्नुभयो, ‘अब दुई पार्टी भन्ने कुरै छैन नि, हामी त एउटै पार्टी हौं ।’ यद्धपी उहाँले दुई पार्टीवीच अन्तरविरोध कायम गर्न र एकता भाँड्नको लागि देशी तथा विदेशी शक्तिहरु लागिपरेको आरोप लगाउनुभयो ।

जे–जस्तो प्रयास गरिएपनि कार्यकर्तादेखि नेताहरु एकताप्रति पूर्ण सचेत रहेको उहाँको विश्वास थियो । महासेठले भन्नुभयो, ‘वाम गठबन्धन घोषणा गरेकै दिनदेखि हामी त भावानात्मक रुपमा एक भइसकेका थियौं, त्यही भएर जनताले हाम्रो पक्षमा प्रचण्ड बहुमत दिनुभयो, अहिले पनि हामी एक भएका छौं ।’

महासेठले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीचको आपसी सहमतिकै आधारमा एकता प्रक्रिया टुँगोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोे, ‘पदीय बाँडफाँडपनि उहाँहरुले टुँगोमा पुर्याउनुहुन्छ, नेताहरुको योग्यता र क्षमताका आधारमा पदाधिकारी चयन हुन्छ ।’ उहाँका अनुसार मन्त्री चयनको लागि अहिले खासै चर्चा भएको छैन । यद्धपी उहाँले पार्टी नेतृत्वले जे निर्णय दिन्छ आफूहरु त्यसलाई स्विकारेर अघि बढ्न तयार रहेको बताउनुभयो । 

उहाँले प्रधानमन्त्री र अध्यक्ष दुवै पद एउटै व्यक्तिले चलाउन सक्ने क्षमता भएको उल्लेख गर्दै भन्नुभयो, ‘ओली र प्रचण्ड दुवै जनाले दुवै पद एकै जनाले चलाउन सक्नुहुन्छ, कसले के चलाउने भन्ने कुरा मैले भन्ने कुरा होईन्, प्रचण्डजीले पनि चलाउन सक्नुहुन्छ, ओलीजीले पनि चलाउन सक्नुहुन्छ ।’ दुवै नेताले अध्यक्ष पनि आँफै र प्रधानमन्त्री पनि आँफै भएर चलाईसकेकोले फेरि पनि चलाउन नसक्ने भन्ने कुरै नहुने उहाँको जिकिर थियो ।

यद्धपी उहाँले दोस्रो पुस्ताको नेताले नेतृत्व गर्नेबारे कुरा वाहियात भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कम्तिमा पनि अझै दश वर्ष ओली र प्रचण्डको आवश्यकत्ता छ, उहाँहरुले विश्राम लिने भन्ने कुरै आउँदैन्, चलाउन सक्नुहुन्छ ।’

फरक प्रसँगमा उहाँले मुलुकमा संसद नभएको अवस्थामा गलत क्रियाकलापहरु भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसद नभएको अवस्थामा अहिले मुलुकलाई टाँट पल्टाउने कामहरु भइरहेका छन्, यो गलत हो, आउने सरकारलाई थप १२० अर्बको भार आउँछ ।’ संसद नभएको अवस्थामा भीआईपीलाई सुविधा थप्ने कुरा गलत भएको उहाँको गुनासो थियो । यस्तै भइरहे मुलुक टाँट पल्टिन धेरै समय नलाग्ने उहाँको भनाई थियो ।

उहाँले एनसेल प्रकरणको कुरा उल्लेख गर्दै भन्नुभयो, ‘एनसेल प्रकरणमा पैसा बाहिर गयो, सबै पैसा बाहिर जान दिने हो भने के हुन्छ ? मुलुकको हालत ? संसद नभएको बेला मनपरीतन्त्र भैरहेको छ ।’ त्यतिमात्रै नभएर उनले संसद क्रियाशिल नभएको बेला न्यायालयले पनि कानूनका विरुद्धमा निर्णयहरु गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘तर जनता त न्यायलय हेरिरहेका छन्, यही क्रियाकलापहरु बढ्दै गयो भने विश्वास घट्छ ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..