» » भारत जाँदै गर्दा चेलीको उद्धार

कपिलवस्तु माघ २४ गते । मानव बेचबिखन बिरुद्ध कृयाशिल सस्था केआई नेपालले सिमा निगरानी गर्ने क्रममा कपिलवस्तुका एक किशोरीको उद्धार गरेको छ ।

उद्धार गरिएकी किशोरी बुद्धभुमी नगरपालिकि वर्ष १९ कि पुजा चौधरी (नाम परिवर्तन) रहेकी छिन् ।

निज चेली घरमा कुनै जानकारी नदिई  भारतको बलरामपुर जाँदै गर्दा सिमाबाट उद्धार गरिएको हो उद्धार पश्चात् आवाश्यक सोधपुछ गर्दा बाबाले सधै मधिरा सेवन गरेर कुटपिट गर्ने र घरमा आर्थिक अबस्था समेत कमजोर रहेको कारण भारत तिर जान लागेको निज चेलिले  बताईन् ।

भारत जाँदा आउन सक्ने जोखिमलाई हेरि निजको अभिभावक बोलाई आवाश्यक प्रक्रिया पुर्याई निज चेलिलाई आत्मा निर्भर बनाउने उद्देश्यले केआई नेपाल को सुरक्षित आवास गृह चितवन  मा विभिन्न सीप सिकाउनका लागि रिफर गरिएको के.आई नेपालका जिल्ला संयोजक केसर बिश्वकर्माले जानकारी दिनुभयो ।

विश्वकर्मा का अनुसार जोखिममा रहेका चेलिहरुलाई सीप उपलब्ध गराई व्यवसायमा समेत सहयोग गर्ने हुँदा धेरै चेलीको जीवनमा सकारात्मक परिवर्तन आएको देख्दा गर्व महसुस हुने बताउनुभयो ।

करिब एक महिनाको अबधिमा चारजना चेली जो विभिन्न  जोखिमबाट उद्धार गरि केआई नेपालको सुरक्षित आवास गृहमा पठाएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..