» » वामपन्थी सरकारमा सहभागि हुने विषयमा फोरम र राजपा छलफलमा



काठमाडौ फागुन ११ गते । एमालेले सरकारमा सहभागि गराउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालसँग छलफल गर्ने निर्णय गरेसँगै यी दुई दल आन्तरिक छलफलमा जुटेका छन् ।

राजपा नेपालको पार्टी कार्यालयमा बबरमहलमा बैठक बसिरहेको छ । अध्यक्ष मण्डलको बैठकमा पार्टीका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, अनिल झा र शरतसिंह भण्डारीको उपस्थिति रहेको छ ।

फोरम नेपालले एमालेसँग सरकारमा सहभागि विषयमा केही दिनदेखि वार्ता गरिरहेको छ ।
वामपन्थी सरकारमा सहभागि हुने कि नहुने, सहभागि हुने हो भनि कसरी हुने के के विषयमा सहमति गर्ने जस्तो विषमया राजपा नेपालले छलफल गरिरहेको छ ।

यद्यपी राजकिशोर यादव र महेन्द्र राय यादव उपत्यका बाहिर रहेकाले आजै कुनै निर्णय हुन नसक्ने राजपा नेपाल पार्टी स्रोतले जनाएको छ ।

उता, फोरम नेपालको पार्टी कार्यालयमा पनि छलफल भइहेको छ । अशोक राइ, राजेन्द्र श्रेष्ठ र रामसहाय यादवले एमालेसँग गरेको छलफलको विषयमा उपेन्द्र यादवलाई ‘ब्रिफ’ गर्नुभएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..