» » एमाले र फोरम नेपालबीच वार्ता

काठमाडौ फागुन ९ गते । सरकारमा सहभागि गराउने विषयमा नेकपा एमालेले संघीय समाजवादी फोरम नेपालसँग छलफल गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच फागुन ७ गते छलफल भएपछि आज दोस्रो तहको नेताबीच छलफल भएको हो ।

छलफलमा फोरम नेपालले सरकारमा सहभागि गराउनु भन्दा सविधान संशोधनको विषयमा स्पष्ट पार्नुपर्ने भनेको थियो । एमाले पार्टीले स्वयं आवश्यकता अनुसार सविधान संशोधन हुन्छ भन्दै आएको छ, आवश्यकतालाई मध्यनजर गर्दै सविधान संशोधनको कुरा अगाडी बढाउन फोरम नेपालका नेताहरुले छलफलमा आग्रह गरेको बताइन्छ ।

त्यसको जवाफमा एमालेका नेताहरुले एमाले सविधान संशोधनको विरोधी कहिल्यै थिएन, नियोजित ढंगबाट विरोधी देखाइएको हो, समय र आवश्यकता अनुसार आफूहरु सविधान संशोधन गर्न तयार रहेको भनेका थिए ।
एमालेका सचिव प्रदीप ज्ञवालीले फोरम नेपाल सरकारमा आउन सकारात्मक देखिएको छ तर सविधान संशोधनलाई मुख्य माग बनाएको बताउनुभयो । सविधान संशोधन हुनुपर्ने उहाँहरुको अडान छ, उहाँले भन्नुभयो, एमाले पार्टी पनि सविधान संशोधनमा सकारात्मक रहेको छ, त्यसका लागि छलफल प्रकृया अगाडी बढाई राख्नुपर्ने हुन्छ ।’

मधेशवादी दलहरुले एमाले सविधान संशोधन हुन दिएन भनिरहेका छन् तर एमालेले सविधान संशोधन किन हुन दिएन, के के विषयमा संशोधन गर्नुपर्छ त्यसको विषयमा कहिल्यै छलफल गरेन भनि ज्ञवालीको गुनासो थियो । उहाँले भन्नुभयोे सविधान संशोधनलगायतका विषयमा छलफललाई निरन्तरता दिनुपर्छ नमिल्ने कुरा केही छैन, औचित्य र आवश्यकताको आधारमा सविधान संशोधन हुन्छ ।’

एमालेका तर्फबाट नेता सुवास नेम्वाङ्ग र प्रदीप ज्ञवाली थिए भने फोरम नेपालका तर्फबाट वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादव हुनुहुन्थ्यो ।

छलफललाई निरन्तरता दिनुपर्ने सहमति भएको छ । अबको अर्को बैठक कहिले बस्ने समय तय भएको छैन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..