» » राजेन्द्र महतोले संसद बनाउनु भएका नरमाया ढकाल को हुनुहुन्छ हेर्नुस् ६५ तस्विर


काठमाडौ फागुन ४ गते । नरमाया ढकाल । मधेशी राजनीतिकमा पछिल्लो समय यो सुनिएको नाम हो ।
तर यो नरमाया ढकाल को हुनुहुन्छ, यो कुरा राजेन्द्र महतो र उहाँका केही निकट व्यक्ति बाहेक तराई मधेशको राजनीतिक गर्ने र बुझ्ने कसैलाई थाह छैन ।

यहाँसम्म राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुलाई पनि थाह छैन, को हुनुहुन्छ नरमाया ढकाल । पार्टी कार्यकर्ताको त कुरै छोडनुस् । सञ्चारकर्मीहरुले पनि उहाँको फोटो र उहाँको बारेमा जान्नै निकै प्रयास गरे तर राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र उहाँका सहयोगीहरुले कहिल्यै पनि जानकारी दिन मानेनन् ।

नरमाया ढकाल नाम सुन्दैमा कस्तो अनौठो गाउँले पाराको नाम हो । नामले धेरैले अनुमान गरेका थिए कि उहाँ हिमाल वा पहाडतिरका कुनै अधवैशे महिला होला वा कुनै धनाढयको श्रीमती होला ।
सायद नरमाया ढकाललाई पनि आफ्नो नाम नराम्रो वा त्यस्तै केही लागेर होला आफ्नो फेसबुक नाममा प्रज्ञा ढकाल राख्नुभएको छ । 

उहाँको फेसबुक हेर्दा कुनै फिल्मी हिरोइन भन्दा कम छैन उहाँ । नेपाली फिल्मी दुनियाँका स्टार आर्यन सिग्देल लगायतका कलाकारसँगको थुप्रै फोटोहरु उहाँले आफ्नो फेसबुकमा राख्नुभएको छ । यसबाट पक्कै बुझ्न सकिन्छ कि कला क्षेत्रसँग उहाँको कुनै न कुनै कनेक्सन छ ।

उहाँका श्रीमान विष्णुृ लामीछानेको आफ्नै व्यवसायी छ तर के व्यवसाय छ, केही खुलाइएको छैन फेसबुकमा । पहिला बी एण्ड बी फर्निचर रहेको देखिन्छ उहाँको । आर्यन सिग्देलसँग उहाँको पनि थुप्रै फोटोहरु फेसबुकमा छन् । श्रीमान र श्रीमतीको फोटो यसरी यस्ता ठूलो कलाकारसँग हुनु कलाक्षेत्रमा उहाँहरुको कुनै नकुनै सम्बन्ध रहेको बुझिन्छ ।

नरमाया ढकालको दाई प्रदीप ढकाल पशुपति विकास कोषमा काम गर्नुहुन्छ ।

२०३८ सालमा कैलाली जिल्लामा (हालको धनगढी उपमहानगरपालिका) जन्मिएर कहिले स्याङ्जा जिल्लाको पञ्चमूलको रमणीय वातावरणमा हुर्किनु भएका ढकाल हाल बर्दिया निवासी हुनु भएको छ ।
प्रदीप ढकाल आफ्नो फेसबुकमा नरमाया ढकालको बारेमा यस्तो लेख्नुभएको छ, सामाजिक सेवालाई आफ्नो प्रमुख कर्तव्य सम्झिने बैनीलाई राजनीतिलाई सेवाको माध्यम बनाएर दुःखी गरीबको सहारा बन्न सकून् भन्ने मंगलमय शुभकामना छ ।

नरमाया र विष्णुको फेसबुक अध्ययन गर्दा उहाँहरुलाई राजनीतिकसँग कुनै दुरदुरको सम्बन्ध छैन, त्यो पनि मधेशवादी दल राजपा नेपालसँग सम्बन्धका त कल्पनै गर्न सकिदैन ।

यहाँसम्म कि राजेन्द्र महतोको परिवार वा उहाँको कुनै कसैसँग कुनै सम्बन्ध देखिएको छैन । जनकपुरको जानकी मन्दीर अगाडि श्रीमानसँग खिचाईएको फोटो बाहेक मधेशको गतिविधि र राजनीतिक अधिकारसँग कुनै कतै मतलब देखिएको छैन नरमाया ढकालको ।

उहाँको फेसबुक हेर्दा घुमघामका सौखिन हुनुहुन्छ । उहाँका दाई प्रदीपले समाज सेवी भन्नु भएको जस्तो उहाँले कतै कुनै समाजसेवा गरेको देखिएको छैन । आफ्ना छोरी, श्रीमान, र अन्य साथीहरुसँग घुमफिर गरेको तस्विरहरु उहाको फेसबुकमा छन् ।

त्यसो भए राजेन्द्र महतोले किन चयन गर्नुभयो नरमाया ढकाललाई । सबैको मनमा यही प्रश्न उब्जिएको छ । नरमाया ढकालको आफ्नो क्षेत्रमा योगदान होला । उहाँ समाजसेवी हुनहोला तर मधेश तराईमा उहाँको कुनै योगदान नदेखिएपछि राजेन्द्र महतोको लिस्टमा कसरी नाम पर्यो राजपा नेपालकै कतिपय कार्यकर्ताहरुले प्रश्न गर्न थाल्नुभएको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका एकजना सदस्यले भन्नुभयो, यदि खस समुदायबाट नै कसैको नाम दिनुपर्ने थियो भने मधेशमा थुप्रै यस्ता महिला छन् जसले मधेशीवादी दलको झण्डा बोकेर आन्दोलनमा उत्रिएका थिए । काठमाडौमा मधेशवादी दलले आन्दोलन गर्दा थुप्र्रै पहाडी समुदायका महिलाहरु मधेशवादी दलको झण्डा बोकेर सिंहदरवार र बालुवाटार घेर्नका लागि जानु भएको थियो । त्यसमध्ये पनि कसैलाई लिँदा हुँन्थ्यो ।

तर, राजेन्द्र महतोको जिद्धको कारण कसैको कही चलेन । स्रोतहरु भन्छन्, राजेन्द्र महतोले ढकालसँग पैसा लिएर प्रतिनिधिसभाको समानुपातिक सदस्य बनाउनु भएको हो तर यो कुराको पुष्टि भएको छैन । ढकालसँग कुनै रकम नलिएको महतोले भन्दै आउनु भएको छ ।

महतोका पार्टीकै कार्यकताहरु भन्नुहुन्छ, नरमाया ढकालभन्दा विभा ठाकुरहरु, चुनी खातुनहरुको योगदान धेरै बढी छन् मधेशमा ।






















































About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..