जनकपुर फागुन २ गते । प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउतलाई आज नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिनु भएको हो ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबीच नियुक्ति पत्र प्रदान गरिएको हो ।
फोरम नेपालले दुई नम्बर प्रदेशमा सबभन्दा बढी सीट ल्याएको कारणले मुख्य मन्त्री सो दलले पाएको हो ।
यसअघि फोरम नेपालबाट नै शैलेन्द्र साह र विजय यादवको नाम पनि मुख्य मन्त्रीमा चर्चा थियो ।
राउत प्रतिस्पर्धाबाट संसदीय दलको नेता बनेपछि उसको लागि मुख्यमन्त्रीको बाटो खुलेको हो ।
प्रमुख कायस्थले मन्त्रिपिरषद् विस्तारका लागि समेत राउतलाई पत्र दिनु भएको छ । यो सँगै मन्त्रिपरिषदको लागि बाटो खुलेको छ ।
मुख्य मन्त्रीमा नियुक्त भएपछि राउतले मधेसी सहि सपना ुमधेस सरकारु बनाउने सकार भएको बताउनुभयो ।
राउतले भोली एकवजे सपथ ग्रहण लिने भएको छ ।
No comments: