» » जानकी मेडिकल कलेज र नेशनल मेडिकल कलेजले मनपरी शुल्क लिएको मधेशी विद्यार्थीको आरोप

काठमाडौ माघ २८ गते । जनकपुरका जानकी मेडिकल कलेज र विरगञ्जका नेशनल मेडिकल कलेजले विद्यार्थीहरुसँग मनपरी शुल्क लिइरहकै भन्दै मधेशी विद्यार्थीहरुले आन्दोलनको चेतावनी दिएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल निकट विद्यार्थी संगठनहरुले हिजो बैठक बसि कलेजहरुले आफू खुशी लिएको शुल्कको विरोध गरेको छ ।

नेशनल मेडिकल कलेज र जानकी मेडिकल कलेजले विना मापदण्ड, लापरवाही तरिकाले कलेज सञ्चालन गरेको तथा जनताको ढाड सेक्ने गरि सरकारले तोकेभन्दा बढी शुल्क लिई भर्ना लिइरहेको प्रति आफूहरुको ध्यानाकर्षण भएको राजपा विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष मनिष कुमार मिश्रले जानकारी गराउनुभयो ।

सरकारले तोकेको मापदण्ड पूरा गर्न तथा शुल्क सम्बन्धि नियमअनुसार भर्ना लिनको लागी सम्बन्धित कलेजहरुलाई आग्रह समेत गरेको छ । नियमा विपरित मनोमानी गरे संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने मिश्र र समाजवादी विद्यार्थी फोरम नेपालका उपाध्यक्ष रमेश यादवद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..