» » सिँचाई सचिव रमानन्द यादव दुर्घटनामा, उहाँको खोजी कार्य जारी

काठमाडौ माघ २७ गते । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा उहाँसहित तीन जना बेपत्ता हुनुभएको छ ।
बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो।

चितवन कुरिनटारबाट आएको गोताखोरले जीप पत्ता लगाएका छन् भने उहाँहरु फेला पर्नुभएको छैन । कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्कि रहनु भएको सचिव यादवसँग उहाँका २२ वर्षीय छोरा सन्तोष यादव र उहाँका एकजना महिला साथी पनि हुनुहुन्थ्यो ।


घाइते भएका चालक निरन्जन यादवले गाडी सचिव यादवले स्वयं चलाउनु हुन्थ्यो ।

दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए। जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..