» » उपेन्द्र यादवले भन्नुभयो, मैले यसकारणले रोजे सप्तरी

सप्तरी पुस २९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार र बेरोजगारी देशको ठूलो समस्याको रुपमा रहेको भन्दै यसलाई जरैदेखि निर्मूल गर्नुपर्नेमा जोड दिनु भयो ।


स्थानीय तहको निर्वाचन पछि राजविराज नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उहाले यस्तो कुरा बताउनु भएका हुन् । विश्वका विभिन्न देशहरुले छोटो समयमै विकास र समृद्धिमा फड्को मारेको बताउनु हुँदै उहाले भने ‘भ्रष्टाचार र बेरोजगारी देशको ठूलो समस्याको रुपमा रहेको छ, यसलाई जरैदेखि निर्मूल गर्नुपर्छ ।’


सप्तरी क्षेत्र नम्वर–२ का प्रतिनीधि सभा सदस्य समेत रहेका अध्यक्ष यादवले देशको वैदेशिक मामिला, राष्ट्रिय सुरक्षा र विकासको सवालमा सम्पूर्ण राजनीतिक दलहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो  ।

अधिकारसँगै विकास र निर्माण कार्यलाई अगाडि बढाए मात्र समाजको विकास हुने बताउनु हुँदै उहाले भने ‘अधिकारकालागि संघर्ष स्वाभाविक हो तर विकास निर्माणको सवालमा विवाद कदापी हुनुहुँदैन ।’

देशमा अस्थिरता र आशंका उत्पन्न भएकोले यसलाई लम्ब्याउनु भन्दा समाधानको बाटो खोज्नुपर्नेमा उहाले जोड दिनु भयो  । ‘अस्थिरता र आशंकाको अवस्थालाई अन्त्य गर्न संसदको बैठकले संविधान सशोधन गरेर अगाडि बढ्नु आवश्यक छ’ उहाले भने ‘फोरम नेपालले संविधान त्रुटिपूर्ण रहेको भनी आवाज उठाउँदा गलत भन्ने राजनीतिक दलहरु समेत फोरमकै बाटोमा आएको छ ।’

आफु अन्यत्र ठाउँबाट चुनाव नलडेर सप्तरीलाई रोजेको प्रष्ट पार्दै उहाले यो जिल्लालाई विकास र समृद्धिको बाटोमा डोर्याउने संकल्प आफुले लिएको फोरम अध्यक्ष यादवले बताउनु भयो  । ऐतिहासिक जिल्ला सप्तरी विकास निर्माणको सवालमा पछाडि परेको बताउनु हुँदै उहाले भने ‘यो जिल्लालाई देशकै नमूना र समृद्ध जिल्ला बनाउन जिल्लाका हरेक व्यक्ति सचेत हुनुपर्दछ, कुनै होटलमा बसेर कागजी रुपमा विकासीय बजेट सिध्याउने प्रवृति अब सदाकालागि अन्त्य हुनुपर्छ ।’

परिषदमा  नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल ५८ करोड ७२ लाख ७४ हजार ८ सय ७२ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गर्नु भएका छन् ।

 आन्तरिक आयतर्फ एक करोड ८९ लाख २१ हजार ८ सय ७२ तथा वित्तिय समानी अनुदानतर्फ २७ करोड ८६ लाख ४९ हजार, विषयगत सशर्त अनुदान १७ करोड, सडक बोर्ड, एलजिसिडिपी, सामाजिक सुरक्षा बहुक्षेत्रीय पोषण, युनिसेफ, संसद कोष, विधायक कोष, प्रदेश कोष लगायत अन्य निकायबाट अनुदान ११ करोड ९७ लाख ४ हजार कुल आय अनुमान गरी खर्च प्रस्ताव पेश गर्नु भएको छ  ।

 यसै विच सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाले नगरको विकासकालागि ‘मास्टर प्लान’ सहित आर्थिक वर्ष ०७४÷७५ को प्रस्तावित बजेट प्रस्तुत गरिएको छ ।

नगरपालिकाको शुक्रवार  सम्पन्न नगर परिषद्ले चालु आर्थिक वर्षकालागि २५ करोड ३७ लाख ८७ हजार ६९० रुपैयाँ २५ पैसाको प्रस्तावित आय–व्यय सार्वजनिक गरेको हो । देशकै पहिलो चन्द्रनहर तथा संरक्षणकालागि बनाएका ऐतिहासिक तथा प्राचीन संरचनाको जगेर्ना गर्ने, चुरे क्षेत्र, सामुदायिक वन, धार्मिक स्थल लगायतको संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने परिषद्मा निति तथा योजना पेश गरिएको छ ।

सप्तकोशी नगरपालिकाको एकीकृत सहरी विकासका लागि मास्टर प्लानका साथ कार्य थालिएको नगरपालिकाको मेयर उत्तम कुमार गौत्तमले जानकारी दिनु भयो  । नगर प्रमुख गौत्तमले आफ्नो कार्यकालभित्रै सप्तकोशीलाई सप्तरीका अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो  ।

फत्तेपुर, ओद्राहा र कमलपुर गाविसलाई मिलाएर २०७२ मंसिर १५ मा सप्तकोशी नगरपालिका घोषणा भएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..