» » कठ्याङ्ग्रिएर मृत्यु


महोत्तरी पुस १८ गते । महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताउनुभयो । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् ।

पन्ध्र १६ दिनदेखि महोत्तरीमा मौसम परिवर्तन भएसँगै चिसो हावा, शीतलहर, बाक्लो हुस्सुका कारण अत्यधिक जाडो भई यहाँका मानिस, पशुपक्षी र बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित भएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..