मनिष गुप्ता
कपिलवस्तु पुस २६ गते । मानव वेचबिखनको बदलिदो स्वरुपसँगै चेलीहरुलाई सिमा पार गराउँदा अपनाउने तरिका फरक फरक रहेको छ ।
मानव बेचबिखन तथा लैगिंक हिंसा अन्त्यका लागी क्रियाशिल रुपमा काम गर्दै आएको संस्था के.आई नेपाल र नेपाल प्रहरी कृष्णनगरले एक बिचौलीयलाई नियन्त्रणमा लिएको र चेलीको उद्धार गरेको छ ।
उद्धार गरीएकी चेली दर्बा¨ म्याग्दी बस्ने मनकुमारि (नाम परिवर्तन) रहेकी छिन् भने लैजाने बिचौलीय कपिलबस्तु बाणगंगा २ बनगाई बस्ने पार्बती भटराई रहेकी छिन् ।
भट्टराई केहि महिना अगाडी मात्र चिनजान गरेकी सामान्य लेखपढ भएकी निज मनकुमारिलाई महेन्द्रनगर घर भएका हाल पञ्जाब बस्दै आएका एक धर्मको दाई रहेको र उनी राम्रो बानी ब्यहोरा भएको र उनीको बिवाह गराईदिने भनि प्रलोभनमा पारी सिमा कटाउन लाग्नु भएको र पार्बती पहिलेदेखि नै पञ्जाबको कोठिमा काम गर्दै आएको बुझिएको छ ।
बोर्डरमा रोकेपछि दाइ भारतमा रहेको र भाउजुलाई भेट गराउन लान लागेको भनि बोर्डर कट्न लाग्नु र भारतबाट धर्मको दाई भन्नेले पटक पटक फोन गरि कहाँ आईपुग्यौ भनि रहनु र पिडित चेलीको परिवारलाई कुनै पनि जानकारि नभएपछि शंकाको घेरामा रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रमुख शुभास गैरेले जानकारी दिनु भयो ।
गैरेका अनुसार धर्मको दाई भन्ने जसको नाम नै खुलाउन नचाहने र लैंजाने प्रकृया गलत र विभिन्न बहाना बनाएको कारणले कानुनी दायरामा ल्याउनु परेको गैरेले जानकारी दिनु भयो ।
गैरेका अनुसार यस घटनामा अरु पनि संलग्न हुन सक्ने भन्दै त्यसको खोजी कार्य जारि राख्ने बताउनु भयो ।
अभिभाबकलाई जानकारी दिए पश्चात आफूहरुलाई कुनै जानकारी नभएको र रोकिदिन आग्रह गरेको र निज चेलीलाई के.आई नेपालको संरक्षणमा राखिएको र अभिभाबको स्विकृती भए आत्मा निर्भर गराउने उदेश्यले सुरक्षित आवास गृह चितवन पठाउने के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिनुभयो ।

No comments: