» » मधेशी दलमा राष्ट्रियसभा सदस्यका लागि को को छन् दौडमा ?

काठमाडौँ माघ १ गते । मधेशवादी दलमा अहिले राष्ट्रिय सभा सदस्यका लागि नेताहरुको दौडधुप बाक्लिएको छ ।

प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारको टुगों लागेपछि अहिले राष्ट्रिय सभाका लागि चहल पहल शुरु भएको छ । राष्ट्रियसभाको चुनाव माघ २५ गते हुँदैछ ।

 संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तह र प्रदेशसभामा प्राप्त गरेका सीटका आधारमा राष्ट्रियसभामा लगभग पाँच सीट पाउने देखिन्छ ।

ती पाँच सीटका लागि थुप्रै नेताहरुको दौडधुप रहेको छ ।  राजपा नेपालमा सबभन्दा बढी चर्चामा वृषेश चन्द्र लालको नाम रहेको छ । उहाँ पार्टीका उपाध्यक्ष पनि हुनहुुन्छ । उहाँको नाम न समानुपातिकमा राखिएको छ न त उहाँ प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार बन्नुभएको थियो ।

राजपा नेपालका संयोजक ठाकुर पनि उहाँ प्रति सकारात्मक देखिनु भएको छ । तर, ठाकुरले प्रदेश प्रमुखमा आफ्ना सम्धी उमाकान्त झालाई सिफारिश गरेपछि लालको पक्षमा पार्टीमा सहमति बन्ने सम्भावना कम देखिएको पार्टी स्रोत बताउँछ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि उहाँप्रति सकारात्मक नरहेको बुझिएको छ । प्रतिनिधिसभाको चुनावमाको समय आफ्नो क्षेत्र जहाँबाट राजेन्द्र महतो चुनाव लड्नु भएको थियो । त्यो क्षेत्र छाडेर महोत्तरीबाट चुनाव लड्नु भएका महन्थ ठाकुरको पहाडी लाग्नु भएको थियो । लाल अधिकाँश समय महोत्तरीमा पनि विताउनु भएको थियो । यहाँसम्म कि लालले निधिका लाविगं गरेको आरोप पनि उहाँमाथि लागे बताइन्छ ।

लाल र झा दुवै महन्थ ठाकुर निकट मानिन्छ ।

त्यस्तै, जनकपुरका डा. विजय सिंहको नाम पनि चर्चामा रहेको छ र उहाँ पनि त्यसका लागि आफ्ना गतिविधि तीब्र बनानु भएको छ । उहाँ पनि महन्थ ठाकुर पक्षकै नेता मानिनु हुन्छ । दोस्रो संविधानसभा चुनावमा तत्कालिन तमलोपका तर्फबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

त्यस्तै नरसिंह चौधरी, गोविन्द चौधरी, सर्वेन्द्रनाथ शुक्ला, विनोद सिंह, मृगेन्द्र कुमार सिंह यादव, शेखर सिंह, विशेश्वर रजक लगायतले पनि राष्ट्रिय सभाका लागि दौडधुपमा लाग्नु भएको छ ।

नरसिंह चौधरी पार्टीका उपाध्यक्ष हुनहुुन्छ । उहाँ कपिलवस्तुबाट प्रतिनिधिसभामा चुनाव हार्नुभएको हो ।

नवलपरासीबाट गोविन्द्र चौधरी र रुपन्देहीबाट सर्वेन्द्रनाथ शुक्ला पनि चुनाव हार्नुभएको हो ।

दुवैजना पार्टीका उपाध्यक्ष हुनुहुन्छ । चर्चामा रहेको अर्को नाम हो विनोद सिंहको । उहाँ पनि राष्ट्रियसभा सदस्यका लागि दौडमा हुनुहुन्छ । तर उहाँको सम्भावना धेरै नै कम रहेको राजपा नेपालका नेताहरु नै बताउँनु हुन्छ । प्रदेशसभाको समानुपातिकमा नपरेपछि पार्टी कार्यालयमा तोडफोड गराएको आरोप उहाँमाथि लागेको छ ।



त्यही भएर उहाँलाई राष्ट्रियसभामा ल्याउने सम्भावना कम रहेको बताइएको छ । तर, पार्टीमा उहाँको ‘योगदानलाई कदर’ गर्नुपर्छ भन्नेहरु पनि छन् । त्यही भएर विनोद सिंह आफ्नो प्रयास छाडनु भएको छैन ।  उहाँ पार्टीका अध्यक्ष मण्डलका सदस्यहरुको घरघर धाइरहनु भएको छ ।

मृगेन्द्र सिंह यादव पनि पार्टीका उपाध्यक्ष हुनुहुन्छ । उहाँ पनि प्रतिनिधिसभामा चुनाव हारेका नेता हुनुहुुन्छ । राजेन्द्र महतो पक्षका उनी राष्ट्रियसभामा जानका लागि प्रयास गरिरहनु भएको छ ।  उहाँका लागि राजेन्द्र महतो पनि सकारात्मक रहनु भएको बुझिएको छ ।

त्यस्तै शेखर सिंह पनि राष्ट्रिय सभा सदस्यका लागि शक्ति केन्द्र धाइरहनु भएको छ । उहाँलाई शरतसिंह भण्डारीका निकट नेता मानिन्छ । उहाँ पार्टीका उपाध्यक्ष हुनुहुन्छ ।

त्यस्तै फोरम नेपालबाट रत्नेश्वरलाल कायस्थ, श्रवणलाल अग्रवाल, रत्नेश्वरलाल कायस्थ, विरेन्द्र महतो, डा.रामअवतार यादव, अशोक राई, सीमा सिंहलगायको नाम चर्चामा रहेको छ ।

रत्नेश्वर लाल कायस्थ नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ भने उहाँ पार्टीका पनि सचिव हुुनुहुन्छ । यद्यपी फोरम नेपालले कार्यस्थलाई प्रदेश प्रमुखका लागि पनि सिफारिश गरेको बुझिएको छ । उहाँको नाम प्रतिनिधिसभाका लागि समानुपातिकमा नाम राखिएको छ । तर पर्ने सम्भावना निकै कम छ ।

श्रवण अग्रवाल पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद् पनि हुनुहुन्थ्यो  । यसपटक उहाँको नाम समानुपातिकमा पनि राखिएको छैन । पार्टीमा उहाँको भूमिका र योगदानको कदर गर्दै राष्ट्रियसभामा पठाउने सम्भावना नै धेरै नरहेको बुझिएको छ । उहाँप्रति उपेन्द्र यादव पनि सकारात्मक रहनु भएको छ ।

फारम नेपालले स्वतन्त्रबाट डा. रामअवतार यादवलाई पनि राष्ट्रिय सभा लग्ने चर्चा भइरहेको छ । उाहँ अरु नेताहरको जस्तो  दौडधुपमा नरहेपनि पार्टी उहाँप्रति सकारात्मक रहेको बताइएको छ । 


सीमा सिंहको नाम पनि चर्चामा रहेको छ । उहाँको नाम प्रदेशसभाको समानुपातिकमा थियो । उहाँको नाम पनि आयोगमा पठाईएको थियो । तर क्रमसंख्या अनुसार नमिलेको भन्दै अन्तिम समयमा आएर नाम हटाएको थियो ।

समानुपातिकबाट अन्तिम समयमा आफ्नो नाम हटाएको कारण राष्ट्रिय सभा सदस्यमा आउनुपर्ने भनेर पार्टीमा लविङ्ग गरिरहनु भएको छ ।

आआफ्नो लविङमा लागेपनि पार्टीमा यस विषयमा कुनै पनि छलफल नभएको फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । प्रदेशको टुङ्गो लागि सकेपछि मात्र पार्टीले यसको विषयमा छलफल चलाउने बताउँदै उहाँले आकाँक्षीहरु धेरै हुनसक्ला तर यसको बारेमा पार्टीमा कुनै छलफल नभएको बताए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..