» » सहिद परिवारलाई जागिर लगादिने उद्घोष गर्नुभयो राजकिशोर यादवले

सिरहा माघ ५ गते । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सहिद रमेश महतो परिवारमध्येका एकजनालाई आफूलाई जागिर लगाइ दिने घोषणा गर्नुभएको छ ।

यही एक दुई हप्ताभित्र एकजनालाई एउटा आइटी कम्पनीमा काम लगाई दिने उहाँले घोषणा गर्नुभयो । मधेश बलिदानी दिवसको अवसरमा लहानमा हिजो आयोजित कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो ।

सिरहा ४ का सांसद समेत रहनु भएका अध्यक्ष यादवले यादवले सहिदहरुको सपना सकार गर्न मधेशमा एउटै झण्डामुनि  एउटै पार्टी बनाएर प्रदेश नम्बर २ मा मधेशी दलको सरकार बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, “प्रथम मधेश आन्दोलनको उदगम स्थल लहान र उर्वर भूमि सिरहामा भर्खरै सम्पन्न भएको निर्वाचनमा सोचे जस्तो संघ र प्रदेशमा परिणाम हात नलागेपनि आउने दिनमा लहान र सिंगै सिरहा जिल्ला मधेशी जनताको कब्जामा हुने गरि शक्ति संचयको लागि राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरम नेपाल पार्टी अलग अलग नरही एउटै पार्टी बनाउन प्रयास भईरहेको छ ।”

मधेश आन्दोलन भएको दश वर्षमा निकै अनुभव र पाठ सिक्यौ अब एकताको बिकल्प छैन । प्रदेश सरकार बनाएर मधेशी जनताको चाहना पुरा गर्नुको साथै आउने दस वर्षमा केन्द्रकै सरकार मधेशी दलले बनाउने गरि जनपक्षिय विकास र राजनीतिक अधिकार सम्पन्न गर्नतर्फ लाग्ने सहिद नगरि लहानमा सहिदहरुको अगाडि शपथ लिन आएको यादवले पटक पटक दोहराउदै विश्वास दिलाउनुभयो ।

बलिदानी सभामा संघिय समाजवादी फोरम नेपालको तर्फबाट केन्द्रिय सदस्यहरु क्रमशः राज लाल यादव र योगेन्द्र राय यादवले मधेशी जनताको अधिकार सम्पन्न नहुञ्जेलसम्म हाम्रो आन्दोलन कुनै न कुनै रुपमा जारी रहि रहने भन्दै प्रदेश नम्वर २ मा मधेशी दलको प्रदेश सरकार बन्नेपछि सहिद परिवारहरुको सम्मानको लागि पहिलो काम गर्नुपर्नेमा जोड दिनुभयो । 

साथै दुवै पार्टी अलग अलग रहेर अब हुँदैन शक्तिशाली बन्न एकतामा जानु वाहेको बिकल्प नखोज्न शीर्षनेताहरुलाई आग्रह गर्नुभयो ।

मधेश आन्दोलनका अगुवा कृष्ण वाहादुर यादवले मधेशी सहिदहरुलाई भजाएर दुवै दल राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरमले व्यक्तगत स्वार्थमा लिन भएको आरोप लगाँउदै बलिदानी सभामा आफूलाई नबोलाउको भन्दै गुनासो गर्नुभयो ।

मधेशी सहिदहरुको सम्मानमा आफूले आफनो  आँखा दान गरेको अगुवा यादवले जानकारी गराउनुभयो । शीर्षनेतारु महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवको प्रचार गरेर गाँउ गाँउवाट सभामा जनतालाई भेला गराए तर उहाँहरु कोही पनि नआउनुले मधेश आन्दोलनको उदगम स्थल लहानलाई छाँयामा पार्न खोजेको आक्रोस समेत उहाँले पोख्नुभयो ।

प्रथम सहिद रमेश महतोको पिता रविया महतो र प्रमोद सदायको पिता वालेश्वर सदायले मधेशी जनताको अधिकारको लागि बलिदानी दिएको सहिदहरुको सपना सकार गर्न नेताहरु साँचिक्कै लाग्नु भएको हो भन्ने बलिदानी दिवसको दिन सार्वजानिक विदा र लहानलाई २ नम्वर प्रदेशको राजधानी तोक्नुपर्ने माग गर्नुभयो ।
 
दस वर्ष अगाडि माघ ५ गते मधेश आन्दोलनले उचाई लिने क्रममा प्रहरीले चलाएको गोली लागेर रमेश महतो , विजय सहनी , प्रमोद सदाय र वेचन यादवले ज्यान उत्सर्ग गरेको दिनको सम्झनामा बलिदानी दिवस मनाउदै आईरहेको छ ।

११ औ बदिलानी दिवसको अवसरमा बलिदानी सभामा पाँचै जना सहिदका माता पिताहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..