» » आज सहमति बन्ला र उमाकान्त र रत्नेश्वरमा ?

काठमाडौं माघ २ गते । सरकारले आज सातवटै प्रदेशका प्रदेश प्रमुख घोषणा गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले  आज एमाले र माओवादीका छलफल गर्दै हुनुहुन्छ ।  ।

यो छलफलपछि दिउँसो मन्त्रिपुरिषद बैठकले प्रमुखको घोषणा गर्नेछ ।

प्रधानमन्त्री देउवाले सातवटै प्रमुखको नाम तयारी गरिसक्नु भएको छ । ती नाममा छलफल  गर्नका लागि उहाँले प्रमुख दुई दलसँग छलफल गरिरहनु भएको छ । प्रधानमन्त्री देउवाले पुस २४ गते मधेश दलसँग छलफल गर्नुभएको थियो ।

छलफमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सहमति जनाएको स्रोतले जनाएको छ । उहाँहरुले आआफ्नो पार्टीबाट एक एकजनाको नामा पनि दिनुभएको छ ।

फोरम नेपालबाट रत्नेश्वर लाल कायस्थ र राजपा नेपालबाट उमाकान्त झाको नाम सिफारिश भएको छ ।


प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भन्नुभयो, ‘प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्ने सबै तयारी पूरा भएको छ ।’

सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..