» » कहि काँग्रेसलाई कमजोर ठानेर भूल त गर्नुभएको छैन

प्रतिनिधि र प्रदेशसभा चुनावमा कमजोर भएका काँग्रेस त्यतिकै चुपचाप अवस्थामा रहला जस्तो लाग्दैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको अध्यादेश प्रमाणिकारण गरेपछि काँग्रेसको हौसला झन बढेर गएको छ । यसलाई काँग्रेसले एक ठूलो जीतका रुपमा लिएको छ । काँग्रेसले यो जितसँगै अब वाम गठबन्धन फुटाउनका लागि कदम चाल्दै सरकार निर्माणका लागि आन्तरिक तयारीमा जुटेका छन् ।

हरेकपटक झै यसपटक पनि चुनाव सकिएसँगै दलहरु सरकार निर्माणका लागि हिसाब किताब शुरु गरेका छन् । माओवादी केन्द्र र एमालेको वामगठबन्धनले चुनावबाट नै बहुमत प्राप्त गरेका कारण सरकार उसैले बनाउने लगभग निश्चित भएको छ । तर, राजनीतिकमा हरेक सम्भावना खुल्ला रहेको कारणले सरकार निर्माणको अरु विकल्पको बारेमा पनि बहसहरु शुरु भएको छ । त्यसका लागि काँग्रेसले गृहकार्य शुरु गरेको छ । सरकारको नेतृत्व गर्न काँग्रेसले पनि भित्रभित्रै आफ्नो हिसाब किताब मिलाई रहेका छन् । प्रतिनिधिसभामा २३ सीट पाएका काँग्रेसले समानुपातिकबाट ४० पाउने अनुमान गरिएको छ । त्यसपछि ६३ सीट काँग्रेसको हुन जान्छ ।

समानुपातिक मतगणना कार्य अन्तिम चरणमा रहेकाले कुन दलको कति थप सीट आउँछन् । त्यसको हिसाब किताब पनि काँग्रेसले गर्न थालेका छन् । मधेशवादी तथा अन्य साना दललाई मिलाउने ।

त्यसबाट पनि नपुगे वामगठबन्धन नै भत्काएर काँग्रेससहितको सरकार बनाउने खेल पनि शुरु भएको छ । यसका लागि काँग्रेसका नेताहरु मधेशवादी दलका नेताहरुसँग ‘साइड टक’ शुरु गरेको छ । सरकार बनाउनका लागि काँग्रेसले पनि एकपटक प्रयास गर्ने हो, सो दलका एक नेताले भन्नुभयो, वामगठबन्धनले नै सरकार बनाउनुपर्छ भन्ने के छ र काँग्रेसले पनि अन्तिम समयसम्म प्रयास गर्नेछ त्यसका लागि दलहरुको बीचमा अनौपचारिक छलफलहरु भइरहेको छ ।

काँग्रेस स्रोतका अनुसार मधेशवादी दलसँग विजयकुमार कुमार गच्छदारले कुराकानी गरिरहनु भएको छ । १० वर्षसम्म लगातार मधेशी राजनीतिकसँग निकट रहेर काम गरेका गच्छदारलाई मधेशवादी दलका नेताहरुसँग कुराकानी गर्न सजिलो भएको हुनाले उहाँले आफ्नो तरिकाले कुराकानीलाई अगाडि बढाएको छ । मधेशवादी दल वामगठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनसँग नजिक रहेको छ । र, मधेशवादी दललाई जति फाइदा लोकतान्त्रिक गठबन्धनसँग हुन्छ त्यति फाइदा वामगठबन्धनसँग हुने छैन । राजपा नेपालका एक नेताले भन्नुभयो, वामगठबन्धनसँग सरकारमा गयो भने मधेशवादी दललाई तीनवटा मन्त्रालय मात्र दिन्छ जब कि लोकतान्त्रिक गठबन्धनले पाँचदेखि छवटा मन्त्रालय दिनसक्छ ।’

काँग्रेस माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेर सरकार बनाउन सक्ने अवस्थामा पुगेको छ । खानेपानी तथा सरसफाई मन्त्री एवं काँग्रेसका नेता महेन्द्र यादवले एक कार्यक्रममा भन्नुभयो, माओवादीका अध्यक्ष प्रचण्ड यदि प्रधानमन्त्री बने आफ्नो पार्टीले सहयोग गर्न तयार छ ।’ ‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरू संस्थागत हुन्छन् । उहाँबाट मात्रै यी उपलब्धिहरू रक्षा हुन सक्छन् । उहाँ आफै प्रधानमन्त्रीका रूपमा अघि बढ्नुपर्छ । हाम्रो पूर्ण समर्थन रहन्छ, उहाँले भन्नुभएको थियो ।

यो कुरा उहाँले मात्र होइन, काँग्रेसका अन्य नेताहरु पनि सार्वजनिक ठाउँमै भन्दै आइरहनु भएको छ । यता भारतले एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीको नेतृत्वमा सरकार निर्माण नहोस् भनि चाहेको छ । वामगठबन्धनलाई भत्काएर माओवादी केन्द्र, काँग्रेस र मधेशवादी दल मिलाएर सरकार गठन गर्ने प्रयासहरु भइरहेको छ । एमालेका कतिपय शीर्ष नेताहरुले दिनु भएको अभिव्यक्तिका कारण पनि माओवादीका अध्यक्ष प्रचण्ड झस्किनु भएको छ । मसिर २९ गते प्रचण्ड र ओलीबीच भएको वार्ताले ठोस रुप लिएको छैन । ओलीको भेटपछि पुस १ देउवा र प्रचण्डबीच भएको भेटघाट पनि भएको थियो । सो भेटमा देउवाले प्रचण्डलाई सरकारको नेतृत्व लिन आग्रह गर्नुभएको थियो । 

प्रधानमन्त्री देउवाले प्रचण्डलाई सरकारको नेतृत्व गर्न भनेपछि वाम गठबन्धनका अर्का नेता केपी अ‍ोली त्यसबाट झस्किनु भएको छ । उहाँले प्रचण्ड र देउवाबीच साँठगाँठ भएपछि छुट्टै सरकार बनाउने कसरत शुरु गर्नुभएको छ । यसका लागि उहाँले मधेशवादी दलसँग कुरा गर्नुभएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेपछि वाम गठबन्धनका अर्का नेता प्रचण्ड झस्किनु भएको छ । अर्कामाथि शंक उब्जीएपछि पुस १२ गते बैठक बसेको थियो । दुईजना बीच भएको वान टु वान भेटघाटमा गरेपछि केही आशंकाहरु हटेपछि खतरा टरेको छैन ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..