» » मधेशीले आज मनाउँदैछ प्रतिरोध दिवस, प्रमुख वक्ता सिके लाल


काठमाडौ पुस २७ । राष्ट्रिय एकता दिवस मनाउनका लागि सरकारले आज सार्वजनिक विदा दिएको छ । तर त्यसको विरोधमा मधेशका विभिन्न संघ संस्थाले आज प्रतिरोध दिवसको रुपमा मनाउन लागेको हो ।

त्यसका लागि तराई मधेश राष्ट्रिय परिषद्ले आज तीन बजे बहस कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, पत्रकार एवं लेखक युग पाठक र परिषद्का सदस्य काशिन्द्र यादव वक्ता रहने परिषद्ले जनाएको छ ।

परिषद्ले आफ्नो अधिकारिक फेसबुकमा लेखेको छ-
भोलि पौष २७ गते अर्थात पृथ्वीनारायण शाहको जन्मदिन । भोलिको दिन आधुनिक नेपालको इतिहासमा महत्त्वपूर्ण दिन । शासन समुदायको लागि नेपाल राज्यको एकीकरणको शुत्रधारको जन्म दिन यानी 'एकता दिवस' भन्ने उत्पीडित समुदाय वा शासितहरुको लागि हिन्दु बर्णव्यवस्थामा आधारित पहाडीया अहंकारवादमा पोषित उपनिवेशीक उत्पीडनकारी एकल नृजातिय राज्य व्यवस्थाको शुत्रधारको जन्म दिन ।
भोलि पौष २७ गतेलाई शासन समुदायको अधिनस्थ राज्य सत्ताले स्वभाविक रूपमा #एकता_दिवस को रूपमा मनाईरहेको छ । तर हामी तराई मधेश राष्ट्रिय परिषद परिवारले यसलाई "#प्रतिरोध_दिवस(#Resistance_Day) को मनाउने निर्णय गरेका छौ । यस अन्तर्गत हामी भोलि सम्बन्धित विषयमा बिमर्श कार्यक्रम राखेका छौ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..