» » परिषद्को ज्ञापनपत्र बुझ्नु हुँदै महन्थ ठाकुर यस्तो भन्नुभयो

काठमाडौं, पुस २७ गते । तराई मधेश राष्ट्रिय परिषदले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई ज्ञापनपत्र बुझाएको छ ।

तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोगले सरकारलाई बुझाएको ज्ञापनपत्र सार्वजनिक गराउन पहल गरि दिनका लागि परिषद्ले हिजो बबरमहलस्थित पार्टी कार्यालयमा गएर ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउनका लागि पूर्व राजदूत विजयकान्त कर्ण, अधिवक्ता सुरेन्द्र महतो, दीपेन्द्र झा, सुनिल रञ्जन सिंह, उमाशंकर साह, आलोक यादव, राजमहतो, जयनारायण यादव, काशिन्द्र यादवलगायतका अधिकारकर्मी तथा पत्रकारहरु पुग्नु भएको थियो ।

ज्ञापनपत्र बुझ्दै संयोजक ठाकुरले आफूहरु यो विषयमा सकारात्मक भएको तर सरकारसँग प्रतिवेदन माग्दा अहिलेसम्म नपाएको प्रतिक्रिया दिनुभएको बताउनु भएको थियो ।

उहाँले फेरि एकचोटी सरकारसँग यस विषयमा कुरा गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..