» » वीरगञ्जलाई राजधानी बनाउने माग गर्दै नौ दिनदेखि रिले अनसन

पर्सा पुस २९ गते । वीरगञ्जलाई प्रदेश नं। २ को राजधानी बनाउनुपर्ने माग राख्दै आन्दोलनमा रहेको संघर्ष समितिले गत शुक्रबारदेखि वीरगञ्जको घण्टाघरमा सुरु गरेको रिले अनशन नवौं दिन पुगेको छ ।

वीरगञ्जलाई प्रदेश नं। २ को राजधानी बनाउनुपर्ने मागलाई अगाडि बढाउनका लागि गठित संघर्ष समितिले अनसर शुरु गरेको थियो ।

प्रदेशको अस्थायी राजधानी जनकपुरलाई तोकिएको चर्चा शुरु भएदेखि नै वीरगञ्जलाई प्रदेश नं। २ को प्रादेशिक राजधानी बनाईनु पर्ने माग गर्दै वीरगञ्जमा विरोधका कार्यक्रम सुरु भएको हो ।

राजधानीको माग गर्दै आन्दोलित भएका बारा पर्साका नेता तथा स्थानियले दवाव स्वरुप शुक्रबारबाट वीरगञ्जको घण्टाघरमा रिले अनसन शुरु गरेका हुन् ।

बाबुराम कौशिक, रामदरश कुवाह, बालकृष्ण श्रेष्ठ, अमिताभबच्चन दास तत्वा, सलाम अंसारी, शेख चाँद तारा, सन्तोष पासवान, सगिर आलम, ओमप्रकाश गुप्ता, पिन्टु रौनियार लगायतका नेता तथा कार्यकर्ताहरु अनसनमा बस्नु भएको छ ।

वीरगञ्जलाई प्रदेश नं। २ को राजधानी नबनाएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिँदै उहाँहरुले वीरगञ्ज राजधानीका लागि हरेक कुराले सक्षम छ , मधेस आन्दोलनको केन्द्र पनि वीरगञ्ज नै थियो त्यसैले वीरगञ्जलाई राजधानी घोषण नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने भन्नुभएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..