» » रेणु यादवले भन्नुभयो, मधेशी गठबन्धनमा चुनावमा बेइमानी भयो

सप्तरी पुस २१ गते । संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले मधेशी गठबन्धनबाट चुनावमा अन्तरर्घात भएको अरोप लगाउनु भएको छ ।

चुनावमा फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच चुनावी तालमेल भएपनि सो दलबाट ठाउँ ठाउँमा बेइमानी भएको आरोप लगाउँदै उहाँले आफ्नो दलले पूरै इमान्दारीका साथ चुनावमा जिम्मेवारी वहन गर्यो तर अर्को पक्षबाट बेइमानी भएको कारण जित्ने उम्मेदवारहरु हारेको आरोप लगाउनु भयो ।

सप्तरीमा हिजो आयोजित एक कार्यक्रममा नेतृ यादवले आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादवका कारणले राजपा नेपाल र फोरम नेपालले यत्रो सीट जितेको दावी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, मधेशी जनता आफ्नो अधिकारका लागि मधेशी दललाई शक्ति प्रदान गरेको छ, अब यसले सदनदेखि सडकसम्म सशक्त मोर्चा बनाएर सविधान संशोधनका लागि संघर्ष गर्नुपर्छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..