सप्तरी, माघ १ गते । माडवारी समुदायले आज एकहजार भन्दा बढी साधु सन्तलाई यहाँ भोजन गराएको छ ।
नेपाल अग्रवाल सेवा समिति सप्तरीले सोमवार राम मन्दिर प्रांगणमा साधु सन्तलाई निशुल्क भोजन र ति मध्येका अति विपन्न ५ सय जनालाई कम्वल वितरण गरेका छन् ।
माघे संक्रान्तिमा गरिव असहायलाई सहयोग गरे ठुलो पुण्य मिल्ने मान्यता अनुसार प्रत्येक वर्ष समितिले सो दिन पारेर यस्तो कार्यक्रम गर्दै आएको अध्यक्ष मनोजकुमार अग्रवालले बताउनुभयो ।
माडवारी समुदायले पनि महत्वका साथ मनाउने संक्रान्ति पर्व मनाउन आर्थिक अवस्था कमजोर भएकालाई पनि सहयोग पुगोस भन्ने उद्देश्यले गरिब र साधुसन्तलाई लक्षित गरी प्रत्येक वर्ष संक्रान्तिका दिन यस्तो कार्यक्रम आयोजना गरिदै आएको माडवारी सेवा समितिका अध्यक्ष सुरेशकुमार रुंगटाले बताउनुभयो ।
दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्दै आएकाहरु छन् जो न्यानो कपडाको अभावले जाडोमा दुख भोग्दै आएकाहरुलाई भोजन र कम्बल वितरण गरिएका छ । भोजनसँगै कम्वल पनि निशुल्क पाएपछि न्यानो अनुभव गर्दै फर्कदै गरेकाहरु समितिको यो कामलाई सह्रानिय काम भएको भन्दै धन्यवाद दिदै थिए ।
भोजन तथा कम्वल वितरण कार्यक्रमलाई ब्यवस्थित गर्न माडवारी महिला मञ्च, माडवारी युवा मञ्च, सामुदायिक प्रहरी सेवा मञ्च, विश्व हिन्दु परिषद, माडवारी सेवा समिति लगायतका संघ संस्थाले सहयोग गरेका थिए ।

No comments: