» » दिपेन्द्र झाको नाम प्राथमिकतामा, काँग्रेससँग राजपा र फोरमले कुरा मिलायो

काठमाडौँ माघ ९ गते । वाम गठबन्धनसँग सविधान संशोधनमा कुरा नमिलेपछि मधेशवादी दल र नेपाली काँग्रेसबीच राष्ट्रिय सभाको सिट बाँडफाँड गर्ने सहमति भएको छ ।

सोमबार साँझ काँग्रेससँग ६ वटा सिटमा तालमेल गर्ने मधेसवादी दलले सहमति गरेका हुन् । तीनवटै दलले दुई दुईवटा सीट लिने सहमति भएको बताइएको छ ।

यसअघि, काँग्रेसले आफूले माग गरे अनुसार पाँच सिट दिन तयार नभएपछि मधेशवादी दलले आज बाम गठबन्धनसँग राष्ट्रिय सभामा सिट तालमेलका लागि छलफल अघि बढाएको थियो ।

बाम गठबन्धन मधेशवादी दललाई ६ सिट दिन तयार भए पनि संविधान संशोधनको विषयमा कुरा नमिलेपछि बाम गठबन्धनसँग तालमेलमा कुरा मिल्न सकेन ।

यही विषयलाई लिएर राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच वार्ता बसिरहेको बेला काँग्रेस वार्ताका लागी त्यही पुगेको थियो ।

त्यहाँ पुगेर रिजालले दुई दुई सिटमा सहमतिको प्रस्तावअघि सारेका थिए । जसमा मधेसवादी दलले सिट छानेपछि मात्र काँग्रेसले सिट लिने अफर समेत रिजालले अघि सारेका थिए । जसमा मधेशवादी दलले सहमति जनाएका थिए ।

सहमति अनुसार फोरमले दलित र महिला सिट लिने भएको छ ।

राजपामा भने कुन सिट लिने विवाद रहेको छ । राजेन्द्र महतोले एक महिला सिट लिनुपर्छ भनिरहेका छन् भने महेन्द्र राय यादव अल्पसंख्यक र खुला लिनुपर्छ भन्ने पक्षमा रहेका छन् ।

यदी राजपाले खुला र अल्पसंख्यक लिए खुलाबाट दीपेन्द्र झा र अल्पसंख्यकबाट वृशेष चन्द्रलाललाई उम्मेदवार बनाउने सम्भावना रहेको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तयार पारेको लिस्टमा पहिलो नम्बरमा दिपेन्द्र झाको नाम नै रहेको छ त्यसपछि वृषेशचन्द्र लालको नाम रहेको छ ।

दिपेन्द्र झाको नाम समानुपातिकमा पनि राखिएको थियो तर पछि नहुने देखिएपछि उहाँको नाम हटाइएको थियो । अहिले उहाँको नाम राष्ट्रिय सभा सदस्यका लागी प्राथमिकतामा राखिएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..