» » चिसोका कारण सप्तरीमा २५ जनाको मृत्यु

सप्तरी, पुस २९ गते । शीतलहरका कारण सप्तरीमा मर्नेको संख्या २५ पुगेको छ । चिसो हावा र शीतलहरका कारण कठ्याग्रिंएर शुक्रबार र शनिवारगरी थप ५ जनाको मृत्यु भएका छन् ।

सुनसरी जिल्लाको इनरुवा नगरपालिका १ घर भई माग्दै हिँडने वर्ष ४० का ढुण्डीराज पोखरेल शुक्रबार बिहान कोसी ब्यारेजमा जाडोले कठ्याग्रिंएर मृत अवस्थामा फेला परेको थियो ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका ४ का ७० वर्षीय श्यामादेवी सिंहको पनि जाडोका कारण शनिबार बिहान मृत्यु भएको हो । शुक्रबार साँझसम्म स्वास्थ्य अवस्था राम्रै रहेकी सिंह बिहान अचानक मृत फेला परेको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिषकुमार सिंहले बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..