» » प्रदीप गिरीलाई जितसँग मतलब

प्रतिनिधि तथा प्रदेशसभा जितेका नेताहरु अहिले घरदैलो कार्यक्रम गरि मतदातालाई धन्यवाद दिनमा व्यस्त रहेको बेला सिरहा १ बाट प्रतिनिधिसभा सदस्य जितेका प्रदीप गिरी चुनाव लगतै काठमाडौ फर्किनु भएको छ । चुनावका समयमा पनि उहाँमाथि जितेर गएपछि क्षेत्रमा कम आउने, कार्यकर्ता तथा जनताको सम्पर्कमा कम बस्ने नेता प्रदीप गिरी रहेको आरोप लागेको थियो । तर चुनावको समयमा नेता गिरीले जनतासँग झूठो आश्वासन बाँडदै चुनाव त जित्नुभयो तर चुनाव जित्ने बित्तिकै काठमाडौ फर्किनु भएका अझै फर्किनु भएको छैन ।

प्रतिवद्धता गरेर जित्ने बित्तिकै आफ्नो प्रमाणपत्र समेत नलिई उनी काठमाडौ फर्किेनु भएको छ । बरु उहाँबाट हारेका वामपन्थीका उम्मेदवार गंगाप्रसाद यादव घरदैलो गरि मतदातालाई धन्यावाद दिँदै हिडिरहनु भएको छ । तर जितेका नेता जनताको घरदैलोमा नगएपछि मतदाताहरु आक्रोशित भएको देखिन्छ । जितेपछि गिरी गाँउगाँउमा विजय जुलुसमा आँउला भन्ने आस गरेका मतदाताहरु यतिखेर निराश भएका छन् ।

जिल्लाका हरेक क्षेत्रमा आफूले जिताएका उम्मेदवारलाई जनताले शुभकामना तथा बधाई दिइरहनु भएको छ । जितेकाहरु मतदाताको घरघर पुगिरहेका छन् । विजय जुलुसले जिल्लाका क्षेत्रहरु उल्लासमै भएका छन् तर सिरहा १ उदास भएको लहान १४ का मतदाता कमल यादवले बताउनु हुन्छ । मतदाता यादवले भन्नुभयो, गिरीजी जसको मतले जितेपनि यो क्षेत्रको जनताले जिताएको बुझ्नुपर्छ, अब यस क्षेत्रका सबै जनताको अधिकार उहाँमाथि छ तर जित्नै वित्तिकै काठमाडौ गएर बस्नुले यहाँ जनता आगामी दिनका चिन्ता गरेर बसेका छन् ।’

जितेपछि आफनो जन्मेको गाँउमा पनि आएन, मतदाता यादवले भन्नुभयो, मन्दिरमा दर्शन गरेर काठमाण्डौतिर लाग्नुभयो । सर्वसधारण जनताहरु मतदाता जसले मत दिए तिनिहरुले आफनै नेताको अनुहार देख्न नपाएको व्यापक चर्चा र गुनासो बढ्न थालेको छ ।’ यता गंगा प्रसाद यादवले सिरहा १ को दुवै प्रदेशका एमालेका विजेता उम्मेदवारहरु लगनलाल चौधरी र अशोक यादवसँगै विजय जुलुसमा सहभागि भइरहनु भएको छ ।

लहान १७ का अर्का मतदाता रेवती भण्डारी भन्नु हुन्छ–‘उमेरले ६० लागेपनि प्रदिप गिरीलाई नचिनेको भन्दै चुनाव जितेर गाँउमा आउला भन्ने धोको थियो आउनु भएन । बौद्धिक नेता भनेर खुबै चर्चा सुनेको तर मतको कदर होला जस्तो छाँटकाँट देखिएन ।’ पार्टीको आकस्मिक बैठक परेका हुनाले गिरी काठमाडौ गएको पार्टीका क्षेत्रीय सभापति अच्चमितलाल चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, गिरीजी सन्त नेता भएका हुनाले धेरै तडक भडक नगर्ने हुनुभएको छ तर काठमाण्डौबाट फर्केपछि जनतासँग भेटघाट गर्नुहुन्छ ।’

तर यता गिरीसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो, विरामी भएर काठमाडौ आएको प्रतिकृया दिनुभयो । उहाँले आफू मेडिकयर अस्पतालमा उपचार गराई रहेको विश्वास लाग्दैन भने आएर हेर्नुस् ।’ के विरामी पर्नु भएका भनि जिज्ञासा राख्दा उहाँले बताउन चाहनु भएको उहाँले आफै आएर हेर्नुस् अनि थाह पाउनुहुन्छ भनि प्रतिकृया दिनुभयो । तर, उहाँ लहान छाडेको झण्डै एक महिना हुन थाल्यो तर अझै फर्किनु भएको छैन । जिताएका नेता आउँला फूलमालाले स्वागत गरौला भनि बाटो पर्खेर बसेका छन् तर नेता कहिले फर्किने हो ठेगान छैन ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..