» » कस्तो हुन्छ मुख्य मन्त्रीको कार्यकक्ष ?

काठमाडौ पुस २२ गते । प्रदेशको राजधानी कहाँ होला ? प्रदेश प्रमुख, मुख्यमन्त्री सभामुख र मन्त्रीहरु को को बन्लान ? यी प्रश्नको जवाफसँगै प्रदेश सरकारअन्र्तगतका कार्यालय र उच्च
पदस्थहरुको निवासको संरचना कस्तो होला भन्नेवारे पनि अहिले सबैमा चासो छ ।

यही चासो र सरोकारका बीच सहरी विकास मन्त्रालयले प्रदेशसभा भवन, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री, प्रदेशसभा हल, ६ प्रदेश सचिवको कार्यकक्ष र निवासको स्थायी ढाँचा ले आउट को प्रारम्भिक प्रस्ताव तयार पारेको छ ।

र तत्काल बन्ने अस्थायी संरचनाको लागि समेत यसैलाई आधार बनाइने मन्त्रालयका कार्यलहरुका अतिरिक्त निवासका प्रारिम्भक ढाँचा पनि तय गरेको छ ।
मन्त्रालयको प्रस्ताव अनुसार प्रदेश प्रमुखको कार्यालयको कुल क्षेत्रफल १६९ बर्गमिटर हुनेछ ।

जसमा कार्यकक्ष, बैठक कक्ष, पीए प्रशासनिक कक्ष, प्राईभेट कक्ष र शौचालय रहनेछ ।

प्रमुखको कार्यालय करिव २६ लाख रुपैयाँको फर्निचर लाग्ने अनुमान गरिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..