शीतलहर प्रभावित क्षेत्रमध्ये दलित बस्तीका स्थानीयको अवस्था अत्यन्तै नाजुक देखेपछि यादवले विपन्न परिवारलाई न्यानोको लागि उहाँले कम्बल वितरण गर्नुभएको छ ।
सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद समेत रहेका अध्यक्ष यादवले शनिबार छिन्नमस्ता गाउँपालिकाको लोखरम टोलको दलित बस्ती पुगेर एक सय २६ थान कम्बल बाड्नु भएको छ ।
पुस महिनाको कठ्यांग्रिदो जाडोमा न्यानो कम्बलको व्यवस्थापनले दलित बस्तीका विपन्न जनतालाई ठूलो राहत पुगेको छ । कम्बल वितरण कार्यक्रममा फोरम नेपालका अध्यक्ष यादवले पार्टी पंक्ति र कार्यकर्तालाई शीतलहर प्रभावित क्षेत्रमा न्यानो लत्ता कपडा, दाउरा र राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
मधेशका जिल्लाहरुमा शीतलहरको प्रभावले जनजीवन अत्यन्तै कष्टकर बनेको छ । सप्तरीमा मात्रै शीतलहरको कठ्यांग्रिएर १८ जना भन्दा बढीको मृत्यु भइसकेको छ ।
सप्तरी क्षेत्र नं. ख बाट प्रदेश सभामा निर्वाचित सांसद शैलेन्द्र साह, फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादव लगायतको कम्बल वितरण समारोहमा उपस्थिति हुनुहुन्थ्यो ।
No comments: