» » कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छु ः नेता लामा

काठमाडौँ, पुस १८ गते । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

अखिल ९क्रान्तिकारी० हुम्ला–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले सडकको सुविधा नभएकाले सिमीकोट–कर्णाली करिडोर सडकखण्ड निर्माण पूरा भएपछि त्यहाँको विकास र समृद्धि हुने बताउनुभयो ।

स्थानीय स्रोत साधन पर्याप्त हुँदाहुँदै पनि बाटोको अभावमा कृषि, जडीबुटी र बागवानीलाई बजार पु¥याउन नसकिएको बताउँदै उहाँले स्थानीयवासीले विभिन्न समयमा खाद्य संकट व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रदेश ९ख०बाट स्वतन्त्ररूपमा निर्वाचित नेता लामाले पिछडिएको हिमाली जिल्लाका रुपमा परिचित हुम्लाको मार्ग भएर कैलाश र मानसरोवर जान सकिने भएकाले बाटोघाटोको विकास भएपछि स्थानीय क्षेत्रमा पर्यटन विकासमा टोवा पुग्ने जानकारी गराउनुभयो ।

हाल हुम्लीहरु तिब्बतमा पुगेर आफ्ना उपभोग्य सामग्री किन्ने गर्छन् । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..