काठमाडौ पुस २३ गते । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री एवं प्रदेशसभाका नव निर्वाचित सांसद सुरेश मण्डलले प्रदेशसभा सदस्यको शपथ ग्रहण प्रदेशमै गराउनु पर्ने माग गर्नुभएको छ ।
सरकारका मन्त्रीहरुले प्रदेशको अस्थायी राजधानी तोक्न नसकेपछि प्रदेशसभा सदस्यको सपथ काठमाडौमै गराउने अभिव्यक्ति दिएपछि प्रदेश सांसद मण्डलको यो धारणा आएको हो ।
उहाँले भन्नुभयो, मधेसका प्रदेससभा सदस्यहरुको सपथग्रहण मधेसी जनतालाई संघीयताको स्वाद महसूस हुनेगरी मधेसकै कुनै ठाउँमा गराउँ । जनकपुरको बाह्र बिघामा गराउ, बीरगंजको घण्टाघरमा गराउ या त लहानको रमेशचोकमा गराउ नभए मधेसको अन्य कुनै ठाउँमा गराउ तर काठमाण्डौमा नगराउ ।
उहाँले अगाडि भन्नुभयो, सातवटै प्रदेसको सपथग्रहण काठमाण्डौमा गराउनु हास्यास्पद हो । यो संघीयताको प्रकृति र प्रवृत्तिसंग मेल खाँदैन । यो संघीयतामाथीको प्रहार हो । यो निर्णयलाई अविलम्ब सच्याउनै पर्दछ ।’

No comments: