» » राजेन्द्र महतोले धनुषाका सिडियालाई दिनुभयो यस्तो चेतावनी

काठमाडौ माघ ४ गते । जनकपुरको यातायात कार्यालय बर्दिबास सार्ने विषयमा राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले चासो लिनुभएको छ ।

धनुषा क्षेत्र न ३ बाट निर्वाचित महतो ज्यूले धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग  यो विषयमा जानकारी लिनुभएको छ । जनकपुरको यातायात कार्यालय बर्दीवास सार्ने समाचार सञ्चारमाध्यममा आएको थियो । त्यही विषयमा उहाँले  प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारीले समाचारमा आए जस्तो जनकपुरको यातायात कार्यालय बर्दिबास सार्ने कुनै योजना नरहेको जानकारी अध्यक्ष महतोलाई दिनुभएको बताइएको छ ।
अध्यक्ष महतोले अधिकारीलाई यातायात कार्यालय सार्ने जस्तो जन बिरोधी कार्य नगर्न गराउन चेतावनी दिनुभएको बताइएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..