काठमाडौ पुस २४ गते । पुस २१ गते देश व्यापी प्रदर्शन शुरु गरेर सुखद व्यापार गरी रहेको र दर्शक तथा समिक्षक बाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको राज्जा रानी नेपाली र मैथिली सिनेमाको मैथिली भर्सनको निर्माण पक्ष भोर कम्पनीले राज्जा रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा खर्च गरिने घोषणा गरेका छन् ।
भोर कम्पनी प्रा ली का सिइओ राज कुमार महतोले उक्त निर्णयको जानकारी दिदै भन्नुभयो, हामीले यो सिनेमा मैथिली भाषामा ल्याउनुको पछाडी समाज र राष्ट्रको सेवा गर्नु थियो न कि फिल्मबाट भएको नाफा आफनो व्यक्तिगत कार्यमा प्रयोग गर्ने । यो सोच यस फिल्म सित जुटने बेलामा नै जन्मेको थियो, आज हामी बाहिर ल्याउदै छौ ।’
विगत १२ वर्ष देखि नेतृत्वदायी सहजीकरण गरी रहेको बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालको प्रयासलाई सशक्त आन्दोलनको रुपमा परिणत गर्ने आशा यो फिल्मबाट लिएको महतोले बताउनुभयो ।
राज्जा रानी मैथिली सिनेमा खास गरी मोरडदेखि पर्सा जिल्लासम्ममा २० भन्दा बढी सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ ।
साथै, यस सिनेमालाई छिटै भारतका बिहार, झारखण्ड र युपीमा पनि लगिने कार्य भई रहेको छ । त्यसै गरी, यस सिनेमालाई कतार, मलेसिया, दुबई, अमेरिका, बेलायत, स्विटजरलैन्ड, अस्ट्रेलिया, जर्मनी, नर्वे, लगायतका देशहरुमा पनि प्रर्दशन गर्ने तयारी भई रहेको व्यहोरा यस मैथिली सिनेमाका निर्माता समेत रहन भएका महतोले जानकारी गराउनुभयो ।
साथै, यस मैथिली सिनेमाको देशका विभिन्न स्थानहरुमा च्यारेटी शो पनि गर्ने कार्य अगाडी बढी सकेको छ ।
यसरी, विभिन्न माध्यमबाट राज्जा रानी मैथिली सिनेमा चलाएर आर्जन हुने पुरै मुनाफा नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धिमा योगदान गर्न अभियानमा खर्च गरिने निर्णय भोर कम्पनी प्रा।ली। ले गरी सकेको छ ।
राज्जा मैथिली भर्सनका पुरै मुनाफा तपसिल बमोजिमका अभियानहरुमा मितव्ययी तथा पारदर्शी तवरले प्रयोग गरिने छ ।
यस कार्यको भौतिक तथा आर्थिक विस्तृत प्रगती भोरको कार्यालय, सामाजिक संजाल तथा बेबसाइटमा नियमित रुपमा सर्व साधारण, सरोकारवालाहरुकोलागि उपलब्ध गराइने छ ।
यो फिल्म पुस २१ गते एकै मितीमा नेपाली र मैथिली भाषामा रिलिज भएको छ । ट्रेलरमा बाल विवाह र अभिभावक बीचमा दाइजोमा कुरा नमिल्दा उत्पन्न भएको समस्यलाई देखाइएको छ ।
फिल्ममा नायक नाजीर हुसेन राज्जा र नायिका केकी अधिकारी रानीको भुमिकामा प्रस्तुत भएका छन् । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रा। लि। को ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मको सम्पुर्ण छायांकन बांके जिल्लामा गरिएको हो । प्रेमकथामा आधारित राज्जा रानी लाई रमेश एमके पौडेल र राज कुमार महतोले निर्माण गर्नुभएको हो ।
No comments: