» » जिफन्टको सातौँ राष्ट्रिय महाधिवेशन चैतमा

काठमाडौँ, पुस १८ गते । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा यहाँ हुने भएको छ ।

महासंघ राष्ट्रिय कमिटीको बैठकले आगामी चैत १४–१७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको महासचिव विष्णु लम्सालले जानकारी गराउनुभयो । ‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवी वर्ग’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । बैठकले फागुनमा युवा सम्मेलन र महिला सम्मेलन गर्नेसमेत निर्णय गरेको छ ।

यसैगरी जिफन्टले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको निर्वाचन परिणाम तुरुन्त सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बैठकमा जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद् प्रमुख मुकुन्द न्यौपाने तथा जिफन्ट अध्यक्ष विष्णु रिमालले समसामयिक राजनीति र आगामी दिनमा ट्रेड युनियनले खेल्नुपर्ने भूमिकाका विषयमा मन्तव्य राख्नुभएको थियो । प्रतिनिधि परिषद् प्रमुख न्यौपानेले वाम एकता भाँड्न चलखेल भइरहेको भन्दै त्यसमा चनाखो भई जिफन्ट कार्यकर्ता एक भएर अगाडि बढ्न आह्वान गर्नुभयो ।

जिफन्ट अध्यक्ष रिमालले जिफन्ट एकीकृत ट्रेड युनियन आन्दोलनका पक्षमा रहँदै आएको र आगामी दिनमा अन्य ट्रेड युनियनसँगको एकता प्रक्रियालाई निरन्तरता दिइने बताउनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..