» » TMNCको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
तराई मधेश राष्ट्रिय परिषद(TMNC) द्वारा UN अगाडी प्रदर्शन तथा ज्ञापन :
पुष २४, काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद(TMNC) द्वारा UN Nepal Resident coordinator Valerie Julliand लाई तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग” को प्रतिवेदन सार्वजनिक गर्न दबाव दिन ज्ञापन पत्र बुझाएको छ । 

ज्ञापन पत्र बुझाउन गएका उल्लेखित सँख्यामा TMNC का सदस्यहरू लगायत मानव अधिकारवादी, वकिल, पत्रकार, तथा बुद्धिजीवि हरूले UN office अगाडी प्रदर्शन गरेका थिए र प्रदर्शनमा प्रहरी द्वारा हस्तछेप गरिएको थियो । ज्ञापन पत्र बुझाउन नागरिक अगुवा डा. सुन्दरमणी दिक्षित, पूर्वराजदुत बिजयकान्त कर्ण, अधिवक्ता सुनिल रंजन सिंह, TMNC का सदस्य अधिवक्ता आनन्द गुप्ता, कासिन्द्र यादव र सरोज रायको प्रतिनीधिमूलक समुहले Resident coordinator तथा UN Liaison office का Head Catherine Sungलाई भेटी प्रतिवेदन सार्वजनिक गर्न दबाव दिन आग्रह गरेका थिए । 

TMNC प्रतिनीधिसँग UN resident Coordinator ले हामी यो विषयमा सकारात्मक भएको तर सरकारसँग प्रतिवेदन माग्दा अहिलेसम्म नपाएको प्रतिक्रिया दिनुभयो र चाडैं नै यो विषयमा सरकारलाई फेरी ध्यानाकर्षण गराउने प्रतिवद्धता जाहेर गर्नु भयो।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीश चन्द्र लाल अध्यक्ष रहेको “तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग” ले अध्ययन र छानबीन गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । 

सो प्रतिवेदनले के कस्तो तथ्यहरु पता लगाएको र सो को कार्यान्वयण गर्नका लागि के के सिफारिस गरेको छ भन्ने जानकारी पाउनु पीडितलगायत सम्पूर्ण नागरीकको अधिकार हो । यही कुरालाई मध्यनजर गरी सो प्रतिवेदन सार्वजनिक गराउन तराई मधेश राष्ट्रिय परिषद (TMNC) ले सम्पूर्ण अधिकारकर्मी, बुद्धिजीवि, लगायत सबैलाई ध्यानाकर्षण गराउंदछ।

तपसिलमा उल्लेखित कारणहरुले गर्दा सो प्रतिवेदन सार्वजनिक गरि कार्यन्वयन गराउन समेत माग गर्दछौं : 
१. नेपालले यस्ता आयोगहरुको प्रतिवेदनलाई सार्वजनिक नगर्ने कुरामा ऐतिहासिक रेकर्ड कायम गरेको छ र अधिकांश प्रतिवेदनहरुमा सिफारिश गरिएको कुराहरुको प्रभावकारी कार्यान्वयन गरेको छैन । यी कुराहरुलाई विचार गरेर हामी सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई लाल आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्न तथा त्यसका सिफारिशहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जोड दिन्छौं ।
२. आयोगको प्रतिवेदन सार्वजनिक भएपछि यसले पारदर्शितालाई प्रत्याभूत गरेको छ र पीडित परिवार तथा अन्य सरोकारवालाहरुको सूचनाको अधिकारलाई पनि प्रत्याभूत गरेको छ । र अझ महत्वपूर्ण कुरा त के छ भने यसले आगामी दिनहरुमा सत्य निरुपण आयोग तथा वेपत्ता व्यक्तिहरुको सम्बन्धमा गठित छानविन आयोगहरुले बुझाउने प्रतिवेदनहरुको सन्दर्भमा पनि एउटा नजिर बसाल्ने छ ।
३. जून २०१७ मा संयुक्त राष्ट्र संघीय मानव अधिकारसम्बन्धी ¥यापोर्टरले नेपाल सरकारलाई मधेस आन्दोलनको क्रममा राज्यको तर्फबाट भएको दमनको छानविन गर्न गठित लाल आयोगको छानविनसम्बन्धमा पछिल्लो विकासक्रम के रहेको छ भनेर जानकारी गराउन अनुरोध गर्दै एउटा पत्र लेखेको थियो । तर सरकारले अहिलेसम्म उक्त पत्रको जवाफ दिएको छैन । अब अहिले उक्त छानविन आयोगको प्रतिवेदन सरकारलाई बुझाइसकिएको सन्दर्भमा हामी पुन सरकारलाई संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको र्यापोर्टरले लेखेको पत्रको जवाफ दिन आग्रह गर्दछौं ।
४. मधेस आन्दोलको क्रममा सुरक्षाकर्मीद्वारा मारिएका व्यक्तिका परिवारहरु अझै पनि न्यायको प्रतीक्षामा नै रहेका छन् । मधेस आन्दोलनको क्रममा राज्य दमनको लागि जिम्मेबार कुनै पनि व्यक्तिहरुलाई कुनै पनि कारवाही गरिएको छैन । नेपालले आगामी जनवरी १ देखि तीन वर्षसम्मको लागि जेनेभामा रहेको संयुक्त राष्ट्र संघीय मानव अधिकार परिाषदको सदस्यको रुपमा काम शुरु गर्नेक्रममा हामी नेपाल सरकारलाई लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी मानव अधिकारको क्षेत्रमा देशभित्र अहम कार्य गर्नको लागि जोड दिन्छौं ।
धन्यवाद!
तराई मधेश राष्ट्रिय परिषद (TMNC)

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..