» » रामअशिषका तीन पहिचानः पत्रकारिता, पोल्टिक्स र समाजसेवा

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावबाट विभिन्न अनुहारहरु सामुने आएका छन् । प्रतिनिधिसभा भन्दा प्रदेशसभामा नयाँ नयाँ अनुहार देखिएका छन् । जसमध्ये एउटा यस्तो चिरपरिचित अनुहार पनि आएको छ, जसले विगतमा धेरैको मन जित्न सफल भएको छ । उहाँ हुनुहुन्छ, रामअशिष यादव ।


पत्रकार र सरसफाई अभियन्ताका रुपमा परिचित अनुहार यादव धनुषाको निर्वाचन क्षेत्र नं. २ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो ।

संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बन्नु भएका रामअशिष यादवले १७ हजार १३२ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार रामचन्द्र मण्डलले नौ हजार ४८९ मत ल्याएर पराजय हुनुभयो । समाजसेवाको नमूना रामअशिष यादव, विगत एक दशक भन्दा लामो समयदेखि समाजको सेवामा समर्पित हुनुहुन्छ ।

पत्रकारिताको यात्रा
७२ कुट्टी ५३ तालको शहर जनकपुरमा पोखरी मठ मन्दिरहरुको अवस्था दयनीय हेरेर उहाँ त्यसको जिर्णोद्धार गर्ने उद्देश्यले सो क्षेत्रमा लाग्नुभएको हो । रेडियो नेपालबाट आफ्नो पत्रकरिता यात्रा शुरु गर्नुभएका रामअषिश यादव दुई दशकसम्म सक्रिय पत्रिकारितामा रहनुभयो । उहाँले २०५४ सालदेखि पत्रकारिता शुरु गर्नुभएको थियो ।


रेडियो नेपालको जागिर सँगसँगै आफ्नै लगानीमा साथीहरुसँग मिलेर पत्रिका पनि सञ्चालन गर्नुभएको थियो । शुरुमा राजेश कुमार कर्णसँग मिलेर तहलका नेपाल दैनिक पत्रिका निकाल्नु भएको थियो । त्यसपछि उहाँले पर्दाफास मासिक पत्रिका पनि प्रकाशन गर्नुभयो । रेडियो पत्रकारिताको अनुभवलाई उपयोगमा ल्याउन चारजना साथीसँग मिलेर जनकपुर एफएम पनि उहाँले सञ्चालन गर्नुभयो । त्यसको लगतै उहाँले जनकपुर टीभि पनि प्रशारणमा लगानी गर्नुभयो ।

उहाँले रेडियो नेपालको साथै इमेज च्यानेलमा पनि काम गर्नुभयो । १५ वर्षसम्म लगातार त्यहाँ काम गर्नुभएका रामअशिष यादव प्रदेशसभाको उम्मेदवार बनेपछि सो च्यानेल छाड्नुभयो । उहाँ २०६६ सालमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पद पनि एक कार्यकाल सम्हालि सक्नुभएको छ । अर्थात उहाँले रेडिया, टीभी र पत्रिकाका सबै तहको पत्रकारिताको अनुभव लिनुको साथै पत्रकारहरुको नेताको रुपमा पनि काम गर्नुभएको छ ।

सफाई तथा समाजिक अभिायन
तीनटै सञ्चारमाध्यमको अनुभव अंगाल्नु भएका रामअषिश यादव २०७० फागुन ११ गतेदेखि समाजिक कार्यलाई पनि एउटा आफ्नो कर्म क्षेत्र बनाउनुभयो । उहाँले आफ्नो समाजिक कार्यलाई गंगासागर पोखरी सफाई अभियानबाट शुरु गर्नुभएको हो । गंगासागर सफाई अभियान शुरु गर्दा उहाँलाई जनकपुरका कतैपय मान्छेले बौलाहा पनि भन्यो ।

 त्यत्रो विशाल पोखरीको सफाईमा उहाँ एक्लै भिड्नुभयो । जो हेर्दा असम्भव जस्तै लाग्थ्यो । दुरव्यसनीहरुको बस्ने ठाउँ बनेको थियो त्यो पोखरी । पोखरीको डिलमा सुगुँर चर्न जान्थे । पोखरीको पानी यति फोहर थियो कि त्यस वरिपरी जाँदा नाक थुनेर हिड्नु पथ्र्यो तर अहिले त्यहाँको पानी कञ्चन भएको छ । त्यहाँ पोखरी नजिक गएपछि एकछिन् विश्राम गरौं जस्तो अवस्था सृजना भएको छ । र, त्यो रामअशिष यादवका कारणले मात्र सम्भव भएको छ ।

रामअशिष यादव सफाई अभियानमा लागेपछि जनकपुरमा युवा, पत्रकार तथा विभिन्न तह तप्काका व्यक्तिले सहयोग गर्न थालेका थिए । आज त्यहाँ साँझ दैनिक गांगा आर्ती हुन्छ । सैयोंजनाको उपस्थिति हुन्छ । ठाउँलाई मनमोहन बनाउनु भएको छ उहाँले । पोखरीमा डुगां तैरनुुको साथै हाँस पनि खेलिरहेका छन् । पोखरीको डिलमा जाँदा कसैलाई फोहर गर्न मन लाग्दैन । आफै सफा गरौं जस्तो लाग्छ ।

गंगासागर सफाईको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “गंगासागरको सफाई अभियान सुरु गर्दा म एक्लै पोखरीमा रहेका प्लाष्टिकका डब्बा र दुर्गन्धित पानीबाट सडेगलेका फोहर वस्तुहरु निकाल्थे, त्यस समयमा केही व्यक्तिहरुले मलाई एउटा पत्रकार भएर यो के गरेको भनेर समेत प्रश्न गर्थे । तर, म कदापि कहिल्यै विचलित भईनन् र आफ्नो अभियानमा निरन्तर लागि रहे, पछि एक हातबाट दुई हात र दुई हातबाट चार हात हुँदै सघाउने मान्छेको लर्को नै लाग्यो ।”

गगांसागरको सफाईपछि उहाँ अहिले प्राचिन मणिमण्डपको सफाई अभियानमा लाग्नुभएको छ । त्यसको मास्टर प्लान बनाएर त्यहाँको सौन्दर्यकरणमा लाग्नुभएको छ । त्यहाँ दुईटा पोखरी छन् । ती दुईटै पोखरीको जिर्णोद्धार गरि सौन्दर्ययुक्त बनाउनुको साथै त्यहाँ धर्मशाला बनाउने लगायतका कामहरु पनि हुने बताइएको छ । त्यहाँ सीता पुष्पबाटिका, बेदी बनाउने काम गर्ने योजना उहाँले सुनाउनुभयो । पर्शुराम तलाउ सफाई अभियान पनि उहाँले शुरु भएको छ । २३ हप्तादेखि त्यसको सफाईमा उहाँ लाग्नुभएको छ । त्यसलगायत उहाँले विभिन्न पोखरी तलाउको सफाई गर्ने गर्ने अभियान पनि सञ्चालन गर्नुभएको छ ।


प्रदेशसभा सदस्य समेत रहनुभएका रामअशिष यादवले एउटा गाउँलाई गोद (अपनाउनु) लिनुभएको छ । नेपालमा यो पहिलो कार्य हो । भारतमा यो चलन निकै चलेको छ । कुनै गाउँलाई सुधार्नु छ भने त्यहाँका नेता, अभिनेता, व्यपारीहरुले गोद लिने चलन छ । तर, नेपालमा रामअशिष यादव पहिलो व्यक्ति हुनुहुन्छ जो गाउँलाई गोद लिने काम गर्नुभएको छ ।


 गोद लिएपछि त्यो गाउँको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ । शिक्षा, स्वास्थ्यलगायत हरेक कुराको जिम्मेवारी लिनुपर्छ । उहाँले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर १७ का तेतरिया गाउँलाई गोद लिनुभएको छ । त्यहाँ दुईसय परिवार बस्छन् । त्यसका साथै उहाँले मुसहरका बच्चाहरुलाई पनि विभिन्न कलेजमा अध्ययन गराई रहनुभएको छ । जनकपुरकै विभिन्न कलेजमा ती मुसहरका बच्चाहरुलाई अध्ययन गराई दिनका लागि उहाँले आग्रह गर्दै पठाउनु भएको छ ।


उहाँले यो तीन चारवर्षको अवधिमा जनकपुरका विभिन्न ठाउँमा एकलाख भन्दा बढी रुखहरु लगाउनु भएको छ ।

जसमा उहाँले ५० हजार आँपको रुख मात्र लगाउनुभएको छ । एक परिवार एउटा रुखको बोट रोप्ने अभियानमा लाग्नुभएको छ उहाँ । उहाँले कसैको जन्मदिन रहेको छ, त्यसको नाममा आँपको रुख लिएर बाँड्ने गर्नुभएको छ । जन्मदिन हुनेहरुले नर्सरीमा गएर पैसा जम्मा गरिदिन्छ । त्यहाँ गएर रामअशिषले आँपको रुख लिएर ठाउँ ठाउँमा रोप्ने गर्नुहुन्छ । जनकपुरको चारैतिर त्यो आँपको बोट लगाउनुभएको छ । कतिपय ठाउँको आपँ फल्न पनि थालेको छ ।

सेभ हेस्टोरिकल उहाँको संस्था हो । तर उहाँले हालसम्म कुनै दातृ निकायबाट आर्थिक सहयोग लिनुभएको छैन । यत्रो करौडोको काम गर्नुभएको छ उहाँले । खर्च कहाँबाट ल्याउनु हुन्छ भनि प्रश्न गर्दा उहाँले सबै समाजिक सहयोग नै हो । समाजका अगुवाको सहयोगबाट नै यी सबै काम गर्न आफू सफल भएको दावी गर्नुहुन्छ । धेरैजसोले त श्रमदान नै गर्छन्, श्रमदान नगर्नेले आर्थिक सहयोग गर्छ उहाँले दावी गर्नुभयो ।

उहाँले संयोजन गर्ने काम गर्नुहुन्छ । उहाँले कुनै काम शुरु गरि दिनुहुन्छ, जनतामा चेतना दिनुहुन्छ । त्यसपछि जनताले आफै काम गर्न थाल्नु हुन्छ । उहाँको मुख्य मिसन भनेको सरसफाई तथा हरियाली नै हो । समाजलाई कसरी स्वच्छ राख्ने, स्वास्थ्य कसरी राख्ने चेतना दिने काम गर्नुभयो ।

उहाँको यो समाजिक सेवामा सरकारको पनि सहयोग रहेको छ । जिल्ला वन कार्यालय, भूसंरक्षण कार्यालय, खानेपानी कार्यालयलाई पनि सक्रियता बढाई दिनुभएको छ । उहाँले गर्ने काममा नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, उद्योगी, विद्यार्थीहरुको सहभागिता हुन्छन् । ठूला ठूला प्रोजेक्ट जनताको सहयोगबाट मात्र सम्भव हुँदैन, त्यसमा सरकारी सहयोग पनि चाहिन्छ । त्यसका लागि रामअशिष यादवले अगुवाई गरि दिनुहुन्छ त्यसपछि सरकारले त्यसका जिम्मा लिने गरेको छ ।

राजनीतिक यात्रा
४८ वर्षीया रामअशिष यादवको पृष्ठभूमि काँग्रेस हो । काँग्रेसमा रहेर विद्यार्थी राजनीतिक गर्नुभएका उहाँ २०४९ सालमा काभ्रेको वागदेवी स्कुलबाट आफ्नो शिक्षण पेश सुरु गर्नुभएको हो । तीनवर्ष काभ्रेमै अस्थायी अँग्रेजी शिक्षकको रुपमा काम गर्नुभयो । त्यसै समयमा उहाँलाई आफ्नै गाउँकै स्कुलमा पढाउने अवसर जुट्यो र पढाउन सुरु गर्नुभयो । त्यसपछि जनकपुरको कन्या उच्च माविमा पढाउने अवसर समेत जुटयो । शिक्षक हुँदै क्रममा उहाँले पत्रकारिता शुरु गर्नुभएको थियो । उहाँका परिवारका सदस्यहरु सबै काँग्रेस थियो । जब मधेश आन्दोलन शुरु भयो अनि उहाँका सम्पूर्ण परिवार मधेशी जनअधिकार फोरम नेपालमा आवद्ध भयो । तर, रामअशिष यादव पत्रकारितामा आवद्ध भएको कारणले कुनै पार्टीमा आवद्ध रहनु भएन ।

कुनै पार्टीमा आवद्धता नभएपछि उहाँको झुकाव मधेश आन्दोलन, मधेशी दल, मधेशको एजेण्डामा थियो । पत्रकारीताको माध्यमबाट मधेश आन्दोलन, मधेशको मुद्दाको वकालत गर्न थाल्नु भएको थियो । भारत विहारको चन्द्रशेखर पाण्डे कलेजबाट अँग्रेजीमा स्नातक गर्नुभएका उहाँ प्रदेशसभाको चुनावमा उम्मेदवारी दिने दिन फोरम नेपालमा प्रवेश गर्नुभएको हो । हुन त स्थानीय चुनावमा नै उहाँ उपमहानगरपालिको मेयरमा उठ्ने चर्चा थियो तर फोरम नेपालले उहाँलाई त्यतिबेला टिकट दिएका थिएन ।

उहाँले राजनीतिकलाई पेसा होइन, सेवाको रुपमा लिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राजनीतिलाई पेशा बनाएर यसलाई बदनाम गर्नेहरु प्रति मेरो विमत्ति छ । मेरो छुट्टै मान्यता छ, राजनीति भनेको देश जनताको लागि गरिन्छ, न कि आफ्नो स्वार्थ पुरा गर्न ! त्यसैले पछिल्लो समय भइरहको राजनीतिक विकृति प्रति मेरो ठूलो गुनासो छ । मेरो मान्यता भनेको समाज सेवा गर्ने हो । त्यसको लागि राजनीति एउटा माध्यम हो, तर कहिले काँही राजनीति मार्फत पुरा गर्छु भन्ने मेरो अठोट हो ।’

परिवार
उहाँका दुईटा छोरा र दुईटा छोरी हुनुहुन्छ । जेठो छोराको नाम राहुल यादव, छोरी मोना यादव, करिश्मा यादव कान्छो छोराको नाम रौनक यादव रहेको छ । जेठो छोरा काठमाडौमा पढी रहेको छ भने अरु तीनटा छोराछोरी जनकपुरमै अध्ययन गरिरहेका छन् । उहाँ किसान परिवारका हुनुहुन्छ । उहाँका बुवा स्व.रामलखन यादवले खेती किसानी गरेर नै नौजना छोरा छोरीलाई हुर्काउनुभयो ।

उहाँ नौ दाजुभाइ हुनुहुन्छ । सबभन्दा कान्छो उहाँ नै हुनुहुन्छ । सबभन्दा जेठा दाजु देवनारायण यादव हुनुहुन्छ । विन्देश्वर यादव, रामेश्वर यादव, प्रमेश्वर यादव, राजेश्वर यादव, जागेश्वर यादव, मिथलेश्वर यादव उहाँका दाइ हुनुहुन्छ । उहाँहरु सबै अहिले अलग अलग हुनुहुन्छ । जनकपुरदेखि तीन किलोमिटर कनकपटीमा उहाँहरुको घर छ । रामअशिष यादवको जनकपुरमा पनि घर रहेको छ । उहाँको सबै दाइहरु गाउँमै बस्नुहुन्छ । 
प्रस्तुतीः सुरेशकुमार यादव

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..