काठमाडौ पुस १९ गते । समानुपातिक सूचीमा नाम नपरेको भन्दै नेपाल मधेशी कर्मचारी मञ्चका नेता तथा कार्यकर्ताले राजपा नेपालका पार्टी कार्यालय तोडफोड गरेको आरोप लागेको छ ।
तोडफोड पछि पार्टीले गोविन्द चौधरीको संयोजकत्वमा तीन सदस्यीय एक समिति गठन गरेको थियो । सो समितिले पार्टीमा आफ्नो प्रतिवेदन बुझाई सकेको छ ।
स्रोतका अनुसार प्रतिवेदनले मञ्चका पूर्व अध्यक्ष विनोद सिंहलाई समानुपातिकमा नराखेको कारणले तोडफोड भएको निष्कर्ष निकालेको छ ।
सो निष्कर्ष बमोजिम दोषी देखिएकालाई कारावहीको सिफारिश गरेको छ ।
अब पार्टी नेतृत्वले प्रतिवेदनका अनुसार छानाविन गर्न आँट देखाउन सक्छ कि सक्दैन भनि राजपा नेपालमा चर्चाको विषय बनेको छ । राजपा नेपालको पार्टी कार्यालय मञ्चकै भवनमा रहेको छ ।
मञ्चले विनोद सिंहलाई समानुपातिकमा नराखेको प्रति आपत्ति जनाउँदै पार्टीले आर्थिक चलखेल गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

No comments: