» » गच्छदारः ‘तार से गिरे खजुर पे अटके’

एक राजनीतिक खेलाडीको रुपमा परिचित विजयकुमार गच्छदार एउटै झटकाले यसरी सेलाउनु भयो कि आफ्नो पार्टी पनि गुमाउनुभयो र कार्यकर्ता पनि गुमाउनुभयो । एक समय थियो जो एउटा सिगैं पार्टीको अध्यक्ष तथा १४ वटा सांसदका नेता पनि हुनुहुन्थ्यो तर अहिले काँग्रेसमा एउटा कार्यकर्ताको रुपमा मात्र सिमित भएको छ । यसैलाई भन्छ, तार से गिरे, खजुर पे अटके ।

असोज २९ गते विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली काँग्रेससँग एकीकरण गर्यो । तर, अहिले त्यो पार्टीको नामोनिसान छैन । काँग्रेससँग एकीकरण गरेर उहाँ मात्र जित्न सफल हुनुभयो । त्यो पनि बल्ल बल्ल ।

अरु कुनै नेतालाई जिताउन सकनुभएन । समानुपातिकमा ककसलाई ल्याउनु हुन्छ त्यो हेर्न बाँकी नै छ । काँग्रेससँग एकीकरण गरेरेपछि नेपाल राजनीतिकमा एउटा तरङ्ग नै पैदा भएको थियो । तर, त्यो तरङ्ग धेरै दिनसम्म टिक्न सकेन । मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभाको चुनावसँगै त्यो तरङ्ग समाप्त भयो ।

नेपाली काँग्रेस पार्टीमा लामोसमय राजनीतिक गरेका विजयकुमार गच्छदार मधेश आन्दोलनपछि २०६४ सालमा मधेशी जनअधिकार फोरम नेपालमा जानु भएको थियो । उहाँ त्यहाँ हुन्जेल पनि सत्ताका खेलाडीका रुपमा चिनिनुभयो । सत्ताकै लागि फोरम नेपाललाई विभाजित गरेर आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गर्नुभयो ।

तर उहाँ आफ्ना पार्टीलाई पनि १० वर्ष टिकाउन सक्नुभयो । नवौं वार्षिक उत्सव मनाएर फेरि नेपाली काँग्रेसमै फर्किनुभयो । १० वर्षसम्म मधेशको राजनीतिकमा रहेका गच्छदारले मधेशको मुद्दामा कहिल्यै गम्भीर देखिएन भनि उनीमाथि आरोप लाग्दै आएको छ । आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्ने माहिर आफू मात्र जित्नका लागि उहाँ नेपाली काँग्रेसमा फर्केको पनि टिप्पणी भइरहेको छ ।

गच्छदारले नेपाली काँग्रेससँग एकीकरण गरेपछि थारुहट तथा मधेशमा सो पार्टीको अवस्था सुध्रिने आँकलन गरेको थियो । तर गच्छदारको पार्टी काँग्रेसमा यसरी विलिन भयो कि त्यो पार्टीमो त्यहाँ चर्चा पनि छैन । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको घोषणा भएसँगै गच्छदारको पार्टीसहित मधेशवादी दलसँग काँग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउने गृहकार्य शुरु भएको थियो । लामो गृहकार्य भएपनि सो गठबन्धनमा मधेशवादी दल सहभागि नभएपछि काँग्रेस र गच्छदार नेतृत्वको पार्टीबीच एकीकरण भएको थियो ।


मधेशवादी दलसहितको लोकतान्त्रिक गठबन्धन बनेको भए गच्छदारले काँग्रेससँग एकीकरण गर्नुभएको थिएन । मधेशवादी दलसहितको गठबन्धन भएको भए गच्छदारलाई पनि चुनाव जित्न सजिलो हुन्थ्यो । तर जब मधेशवादी दल लोकतान्त्रिक गठबन्धनबाट अलग भएर आफ्नै छुट्टै गठबन्धन बनायो, त्यसमा गच्छदारको पार्टीलाई समावेश नगरेपछि उहाँ बाध्य भएर काँग्रेससँग एकीकरण गर्नुभयो । ३४४ केन्द्रीय सदस्यसहित गच्छदार काँग्रेस पार्टीमा प्रवेश गर्नुभयो ।

पार्टी एकीकरण गरेको दुई महिना भइसक्दा पनि जिल्ला तथा स्थानीय तहमा पार्टी समायोजन भएको छैन । पार्टी समायोजनमा ढिलाई गरेका कारण गच्छदारसँग रहेका नेताहरु पनि अन्य अन्य पार्टीमा प्रवेश गर्न थाल्नुभएको छ ।

गच्छदारले आफ्नो पक्षबाट प्रतिनिधिसभाको प्रत्यक्षमा आफूसहित तीनजना र प्रदेशसभाको प्रत्यक्षमा छजना उम्मेदवार बनाउनुभयो । त्यसमध्ये जसो तसो उहाँ मात्र जिते भने अरु सबै पराजित हुनुभयो । एमालेकी भगवती चौधरीले शुरुदेखि नै गच्छदारलाई टक्कर दिँदै अगाडि बढी रहनु भएको थियो  ।  अन्त्यमा ३२१ मतले भगतीलाई हराउनुभयो । यद्यपी भगवतीले गच्छदारले धाँधली गरेर चुनाव जितेको भन्दै यसका लागि सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।


गच्छदारको तर्फबाट प्रदेशसभाको प्रत्यक्ष उम्मेदवार बन्नुभएका छजनामध्ये एकजना चुमनारायण तवदार मात्र मोरगंबाट जित्नुभएको छ । अरु पाँचैजना पराजित हुनुभयो । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको नामावलीमा दुईजनाको नाम राखिएको छ । मधेशी कोटामा भर्तेन्दु मल्लिक र थारु कोटामा सुमित्र विश्वासको नाम राखिएको छ । त्यस्तै, प्रदेशसभाको समानुपातिकमा सातजनाको नाम राखेका छन् ।
समानुपातिको परिणाम आइसकेको छ ।


 त्यसमा गच्छदारको तर्फबाट उम्मेदवार बनाइएकामध्ये को को पर्छन्, त्यसको टुगों अझै लागेको छैन । फोरम लोकतान्त्रिकका महासचिव रहिसकेका भर्तेन्दु मल्लिकले भन्नुभयो, पार्टी एकीकरण हुँदा सातजना समानुपातिकमा दिने सहमति भएको थियो त्यसमध्ये दुईजनाको नाम मात्र हालिएको छ । यी दुईजनालाई पनि दिएन भने पार्टी एकीकरणको कुनै अर्थ रहदैन ।’ उहाँले दुईजनालाई त जसरी पनि समानुपातिक सांसद बनाउनुपर्ने बताउनुभयो ।

पार्टी एकीकरण गरेर घाटा लागेको छ, मल्लिकले भन्नुभयो, हामीले काँग्रेससँग एकीकरण नगरि कुनै अरु दलसँग तालमेल गरेर चुनाव लडेको भए यो भन्दा बढी सीट ल्याउथ्यौं तर काँग्रेससँग एकीकरण गर्दा प्रतिनिधिसभामा एक र प्रदेशसभामा एक गरि दुईजना मात्र जितेका छन् जो हाम्रो लागि पर्याप्त छैन । यो त ‘गहुँसँग घुन पिसिनु’ जस्तै भयो ।’

मधेशवादी दल वा वामगठबन्धनसँग तालमेल गरेर चुनावमा गएको भए आफूहरुको पार्टी राष्ट्रिय पार्टीमा पनि कायम रहनको साथै सातदेखि आठवटा सीट जित्ने दावी पनि गर्नुभयो । पार्टी एकीकरण गर्ने समयमा केन्द्रीय समितिमा १५ जना राख्ने सहमति भएको हो तर हालसम्म त्यो पनि कार्यान्वयन नभएको मल्लिकले गुनासो गर्नुभयो ।

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य एवं विद्यार्थी अध्यक्ष रही सकेका कपलेश्वर यादवले पनि काँग्रेससँग एकीकरण गरेर पार्टीले ठूलो मूल्य चुकाएको टिप्पणी गर्नुभयो । ‘हाम्रो पार्टीको अवस्था त्यति खराब थिएन, एक्लै पनि चुनाव लडेको भए पाँच–सातवटा सीट जित्थ्यौं तर काँग्रेससँग एकीकरण गरेर जित्न सक्ने नेताहरु हार्नुभएको भएको छ, उहाँले भन्नुभयो, अब समानुपातिक सीट तथा पार्टीको समायोजनमा हामीप्रति अन्याय नहोस् भनि चाहन्छौ ।’

दोस्रो सविधानसभा चुनावमा मधेशको पहिलो पार्टी बनाएका गच्छदारले पछिल्लो समय सत्ताको नजिक रहेका कारण थुप्रैजनाले उहाँको पार्टी छाडेर हिड्नु भएको थियो ।

सधै सत्ताको नजिक रहनु भएका गच्छदार काँग्रेस पार्टीमा गएपछि उहाँ आफ्नो अनुकुल चलखेल गर्न पनि नपाउने भएका छन् । उहाँको आफ्नै पार्टी हुँदा जोसँग पनि सत्ता बार्गेनिङ्ग गरेर सरकारमा सहभागि हुने गरेका थिए । यद्यपी गच्छदारको अहिलेको प्रयास पनि काँग्रेस सरकारमा जाओस् नै हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..