» » रहस्यमय मृत्यु

पोखरा, पुस १९ गते । पोखरा–लेखनाथ महानगरपालिका–१८, सराङकोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलको काममा कार्यरत रहस्यमय ढंगबाट मृत्यु भएका दुई मजदूरको चार दिनपछि सनाखत भएको छ ।
मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो ।


मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।


सख्त घाइते २७ वर्षीय आङदाना शेर्पाको भने मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनी होसमा आएको प्रहरीले जनाएको छ ।


चारजना एकै ठाउँमा सुतेकामा गत आइतबार दुईजनाको मृत्यु, एक घाइते र एक बेपत्ता भएका थिए । बेपत्ताको प्रहरीले खोजी कार्य गरिरहेको छ ।


प्रहरीले अनुसन्धानका लागि केही मजदूरलाई नियन्त्रणमा लिएको छ । मृतक दुईजना मजदूरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा लगिएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..