» » समानुपातिक उम्मेदवारले राष्ट्रिय सभा सदस्य बन्न पाउँदैन

 काठमाडौ माघ ९ गते । प्रदेश तथा प्रतिनिधि सभाका लागी समानुपातिक उम्मदवार बनेकाहरु राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न पाउने छैन ।

तर समानुपातिकमा सीट नपाएका नेताहरु पनि नेता तथा पार्टी कार्यालय धाइरहेका छन् ।

निर्वाचनकै ऐनमा नै त्यो कुरा उल्लेख गरिएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ३० को उपदफा (१) र (३) अनुसार ती सभाहरुका समानुपातिक उम्मेदवारहरु राष्ट्रिय सभाको उम्मेदवार बन्न पाउने छैन ।

ऐनको दफा ३० को उपदफा ३ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने उल्लेख गरिएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..