» » दुई घर जलेर नष्ट

बागलुङ, पुस १८ गते । पश्चिम बागलुङको बुर्तिबाङ बजारमा गएराति भएको आगलागीमा दुई घर जलेका छन् ।

स्थानीय गणेश बुढा र रामबहादुर घर्तीका पक्की तीनतले घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताउनुभयो ।


आगलागीको घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि मानवीय क्षति भने नभएको उहाँको भनाइ छ ।


आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । समयमै आगलागी नियन्त्रणमा लिइएका कारण अन्यत्र फैलन नपाएको प्रहरीको भनाइ छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..