» » मधेशवादी दलले दुई नम्बरमा माग्यो काँग्रेससँग पाँच सीट

FILE PHOTO
काठमाडौँ माघ ६ गते । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा चुनावमा काँग्रेससँग पाँच सीटको दाबी गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेससँग राजपा र फोरमले गरेको छलफलमा सो सीटको दावी गरेको हो ।
प्रदेश दुईमा राष्ट्रिय सभा चुनावमा काँग्रेस, फोरम र राजपा सीटमा तालमेल गर्ने विषयमा छलफल गर्दा फोरम र राजपाले दलले सो दावी गरेको हो । 
मतभारको हिसाब गर्दा करिब यी तीन दल मिले छवटा सीट ल्याउने सम्भावना छ । त्यसमा राजपा र फोरमले पाँच सीटको दावी गरेको छ । तर, काँग्रेस त्यसमा सहमत देखिएको छैन ।
स्रोतका अनुसार काँग्रेस दुई–दुई सीटमा तालमेल गर्न सहमति नजिक देखिएको छ । एक्ला एक्लै चुनाव लड्दा यी तीन दलले एउटा–एउटा मात्र सीट पाउने देखिएको छ ।
काँग्रेससँग छलफल गर्नुअघि फोरम नेपाल र राजपा नेपालबीच पनि छलफल भएको थियो । यी दुई दल पनि मिलेर चुनाव लड्दा दुई दुई सीट आउने देखिन्छ । 
काँग्रेससँग चुनाव लड्यो भने त्यसमा अझै केही बढ्न सक्ने सम्भावना देखेर छलफललाई अगाडी बढाएको हो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..